बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – नेपाली क्रिकेटमा देखिएको विवाद मिलाउन अन्तर्रा्ष्ट्रिय क्रिकेट संघ आईसीसीको टोली आज नेपाल आउदैछ । आन्तरिक बिबादको कारण देखाउदै गत बैसाख १३ गते नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गरेपछि उत्पन्न परिस्थितीबारे टोलीले सरोकारवालासंग छलफल गर्नेछ ।

icc-1

टोलीले तत्कालिन क्यानका पदाधिकारीहरु, असन्तुष्ट पक्ष, राष्ट्रिय खेलकुद परिषदका प्रतिनिधि र सरकारी पक्षसंग छलफल गरी निष्कर्ष आगामी अक्टोबरमा आईसीसी बैठकमा प्रस्तुत गर्नेछ । नेपाल आउने ५ सदस्शीय टोलीमध्ये ३ जना आज अपरान्ह नेपाल आईपुग्ने बताईएको छ ।

आज आईसीसीका डेभलपमेन्ट अफिसर अमर शेख, कन्सल्टेन्ट बन्दला वार्नापुरा र एसोसिएट प्रतिनिधि ईमरान ख्वाजा नेपाल आईपुग्ने क्यानका पुर्ब अध्यक्ष बिनयराज पाण्डेले बताउनुभयो । त्यस्तै आईसीसीका प्रमुख कार्यकारी अधिकृत डेभिड रिचार्डशन र कानुनी अधिकारी पल म्याक्मा हन भने भोली बिहान नेपाल आईपुग्ने छन् ।

तपाईको प्रतिक्रिया