शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

2

टोकियो – नेपाली काग्रेसको विदेश स्थित भातृसंगठन नेपाली जनसम्पर्क समिति सिजुओकाको नयाँ नेतृत्व सर्वसम्मत ढंगबाट चयन भएको छ । आईतबार भएको दोश्रो अधिवेशनले आनन्द पुलामीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा उदय बस्नेत र धर्मराज गुरुगं चयन भएका छन् । कार्यसमीतीको सचिवमा विक्रम लामा तामागं, सहसचिव मधुकर तामागं र कोषाध्यक्षमा सविता श्रेष्ठ रहनुभएको छ । सदस्यहरुमा राजु डंगोल, डिल्ली श्रेष्ठ, सरोज खडका, सुवोध दवाडी, अर्जुन बस्नेत, प्रताप तामागं र ललिता तामागं रहनुभएको छ । अधिवेशनले ७ सदस्यीय सल्लाहाकार मण्डल समेत चयन गरेको छ । सल्लाहाकारहरुमा रेशम डंगोल, रविन अधिकारी, माधव उप्रेती, नविन पन्त, रुपक बस्नेत, अमृत तामाङ र राजकुमार लिम्बु रहनु भएको छ । यसअघि अधिवेशनको उदघाटन समारोहमा बोल्दै नेपाली जनसम्पर्क समिति जापानका केन्द्रिय सदस्य रेशम डंगोलले प्रजातान्त्रीक मुल्य मान्यता बोकेको काग्रेसको विचार र सिद्घान्तलाई आत्मसात गर्दे हरेक नेपालीलाइ एकताको सुत्रमा बाधिराख्न सधै तत्पर रहनुपर्नेमा जोड दिनुभयो ।

1
यसैबीच, नेपाली जनसम्पर्क समिति सिजुओका कमिटीका सस्थापक सभापति तथा नेपाली जनसम्पर्क समिति जापानका वर्तमान केन्द्रिय सदस्य रेशम डंगोललाई आसन्न छैठौ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिन नेपाली जनसम्पर्क समिती सिजुओका कमिटीले सर्वसम्मत निर्णय समेत गरेको छ । त्यसैगरि केन्द्रिय सदस्यमा सिजुओकाबाट रुपक बस्नेतलाई उम्मेदवार बनाईने समेत निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया