शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं –‘पोर्न स्टार’ बन्ने लक्ष्य लिएकी अर्चना पनेरु अभिनीत दुवै फिल्म फ्लप भएका छन् । आफू पोर्न फिल्ममा अभिनय गर्न लालायित भएको भन्दै अश्लील तस्बिर खिचाएर चर्चा बटुलेकी उनलाई राजु गिरीले हतार–हतार ‘जिस्म’ फिल्मबाट हिरोइन बनाए ।

जति पनि अंग प्रदर्शन गर्न तयार अर्चनालाई आफ्नो फिल्ममा हिरोइन लिनका लागि फिल्म उद्योगका मै हुँ भन्ने केही निर्माता, निर्देशक पनि लागिपरेका थिए । तर, अर्चनाले राजु गिरीबाहेक अरूको फिल्म गर्दिनँ भनेर ‘अफर रिजेक्ट’ गरिन् । अर्चनालाई हिरोइन लिएर एडल्ट फिल्म बनाउने र रातारात मालामाल हुने सपना देखेका ती निर्देशक, निर्माताहरू उल्टै बदनाम भए ।

Archana paneru

अर्चनाले आफूलाई फिल्म अफर गरेका ती निर्माता, निर्देशकले यौन प्रस्ताव राखेको दाबी गरिन्, जसकारण ती निर्माता, निर्देशक मर्माहत भए । सुरुमा राजुका फिल्ममा मात्र अभिनय गर्ने अडान देखाएकी अर्चनाले जिस्मको सुटिङ सकिएपछि एकाएक करण क्रेजी र सुरज प्रधानको ‘छेस्को’ फिल्ममा अभिनय गरिन् । छेस्को केही वर्षअघि नै निर्माण पूरा भएर प्रदर्शनका लागि हल कुरिरहेको थियो ।

अर्चनालाई केही सिनमा अभिनय गराएर रातारात जिस्मभन्दा अगाडि जेठ २१ मा छेस्को प्रदर्शन गरियो । जबकि राजुले जिस्म ३१ असारमा प्रदर्शन गर्ने घोषणा सुटिङकै क्रममा गरेका थिए । अर्चनालाई हाइलाइट गरी प्रदर्शन गरिएको छेस्को नामजस्तै छेस्को भयो । मुढो बन्न सकेन । छेस्को हेर्न हलमा दर्शक नगएपछि राजु पनि चिन्तित भए । अन्ततः ३१ असारमा प्रदर्शन भएको राजुको जिस्म पनि असफल भयो ।

अर्चना आफू अभिनीत दुवै फिल्म असफलताको तोडमा छिन् । जिस्मका निर्माता तथा निर्देशक राजु पनि मर्माहत छन् । नग्नता, छाडापन तथा अश्लीलतालाई प्रश्रय दिइएका फिल्मलाई दर्शकले सीधै ‘रिजेक्ट’ गर्ने गरेको उदाहरण सन्नी लियोन अभिनीत बलिउडका फिल्मले देखाइसकेका थिए ।
नेपालमा भने अर्चनाका फिल्मले यो कुरा प्रमाणित गरिदिएको हल्ला बागबजारतिर चल्ने गरेको खबर नयाँ पत्रिका दैनिक मा खबर छ ।

तपाईको प्रतिक्रिया