शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काबुल – इस्लामिक स्टेट आइएसको आक्रमणबाट ८१ जनाको मृत्यु भएपछि अफगानिस्तानमा आज राष्ट्रिय शोकको घोषणा गरिएको छ । ८१ जनाको मृत्यु हुने गरी राजाधानी काबुलमा भएको आत्मघाती आक्रमणमा परी २ सय ३० जना घाइते भएका छन् ।

afganstan

विद्युत प्रसारण लाईनको बाटो परिवर्तन गरिएको विरोधमा भएको प्रदर्शनमा आक्रमणकारीले आत्मघाती विस्फोट गराएको हो । हजारा समुदायले तुर्कीमेनिस्तानवाट काबुल ल्याउन लागिएको बिद्युत प्रसारण लाईनको बाटो बदल्नका लागि आन्दोलन गरेका थिए ।

राष्ट्रपति असरफ घानीले टेलिभिजन सम्बोधन मार्फल आक्रमणको जिम्मा लिने आतंकवादी समुहसँग बदला लिएरै छाड्ने प्रतिवद्धता जनाएका छन् । अफगानिस्तानमा रहेको सयुक्त राष्ट्रिय मिसन टोलीले आक्रमण युद्ध अपराध भएको आरोप लगाएका छन् ।

हजारा समुदायमा अधिकांश शिया मुश्लिम छन् । तालीवानले भने घटनामा आफनो संलग्नता नरहेको भन्दै विष्फोटको निन्दा गरेको छ । – एजेन्सी

तपाईको प्रतिक्रिया