शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं  – काठमाडौंमा सुरु महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लब र पूर्वाञ्चल क्रिकेट टिमले विजयी सुरुवात गरेका छन् । महिला राष्ट्रिय क्रिकेट टिमको छनौटका लागि भएको प्रतियोगितामा एपिएफले मध्यमाञ्चल क्रिकेट टिमलाई ६ विकेटले पराजित गरेको हो ।

मध्यमाञ्चलले दिएको ४० रनको झिनो लक्ष्य एपीएफले ८ ओभर १ बलमा ४ विकेटको क्षतिमा भेट्टायो । पहिले ब्याटिङ गरेको मध्यमाञ्चलले निर्धारित १६ ओभरमा ८ विकेटको क्षतिमा ३९ रन बनाएको हो ।

women cricket (2)

यस्तै शनिबार नै भएको दोश्रो खेलमा पूर्वाञ्चलले पश्चिमाञ्चल क्रिकेट टीमलाई ९ विकेटले हराएको हो । पहिले ब्याटिङ गरेको पश्चिमाञ्चलले १८ ओभर २ बलमा ३८ रन मात्र बनाउन सक्यो । ३९ रनको लक्ष्य पूर्वाञ्चलले ८ ओभरमा १ विकेटको क्षतिमा भेट्टाएको हो ।

women cricket (1)

प्रतियोगितामा सहभागी ६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । हङकङमा आगामी अक्टोबरमा हुने महिला विश्वकप २०१६ को एसियाली छनौटका लागि नेपाली टिम चयन गर्न प्रतियोगिता गरिएको हो । यसका लागि परिषदले जगत टमटा, सामसनजंग थापा, प्रदीपजंग पाण्डे, सुदीप पौडेल र विनायक पोखरेल रहेको छनौट समिति बनाएको छ ।

प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । यस्तै उत्कृष्ट फिल्डर, व्याट्सवुमन, बलर र उदयमान खेलाडीलाई पनि पुरस्कृत गरिने छ ।

तपाईको प्रतिक्रिया