शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापनरहित सामग्री मात्र प्रशारण गर्न पाउने भएका छन् । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले सञ्चार नीति लागु गर्ने निर्णय गरेसँगै ’क्लिन फिड’ नीति लागु हुने भएका हो ।

स्वदेशी टेलिभिजन र विज्ञापन एजेन्सीलाई प्रोत्साहन गर्न तथा विदेशी विज्ञापनको प्रभाव रोक्न यस्तो निर्णय गरिएको सरकारका प्रवक्ता सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।

नीतिले विदेशिएको विदेशी मुद्रा कम गर्न, नेपालमा राजस्व र रोजगारी बढाउन तथा नेपाली भाषा र संस्कृतिमा परेको नकारात्मक प्रभाव कम गर्न सघाउने उहाँले बताउनुभयो । यो नीति नेपालभित्र प्रसारित हुने टेलिभिजनका विज्ञापनमा लागू हुनेछ ।

तपाईको प्रतिक्रिया