बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

महोत्तरी – सम्बन्धित सरोकारवालाको लापरबाहीका कारण महोत्तरीको जिल्ला अस्पताल, जलेश्वर, रोग सार्ने थलो बनेको छ । दैनिक करिब ५ सय बिरामी उपचारका लागि आउने महोत्तरी जिल्ला अस्पतालमा चारैतिर फोहरमैला र दुर्गन्ध फैलिएको छ ।Mahottari-District-Hospital-650x487

जिल्ला अस्पतालका दुई बिगाहाभन्दा बढीको परिसरमा चारैतिर गाई वस्तु, सुँगुरबङ्गुरको मलमुत्र, खर, पराल, झारपात, पातपतिङ्गर र अन्य विभिन्न सडेगलेका फोहर वस्तु जताततै देखिन्छन् भने शौचालयमा दिसापिसाब माथिसम्म भरिएर चारैतिर फोहर बनाउनुका साथै पुरै अस्पताललाई दुर्ग्न्धित बनाएको छ । अस्पताल परिसर तथा अस्पतालका शौचालय र अन्य उपचार गर्ने स्थान समेत रहेका फोहरमैला र दुर्गन्धले यहाँ बिरामी भई उपचार गराउन आउने थप बिरामी हुने अवस्था आएको जलेश्वर–७ का कलामुद्दिन राईले बताउनुभयो ।

सम्बन्धित सरोकारवालाले उचित ध्यान नपुर्‍याउँदा करोडौँको लागतमा निर्माण गरिएको सुविधा सम्पन्न अस्पतालमा बिरामीले स्तरीय उपचार पाउनुको साटो थप बिरामी हुनुपरेको स्थानीयको ठहर छ । महोत्तरी जिल्ला अस्पतालको यस्तो दुर्दशाबारे अस्पताल प्रमुख मनिष पाण्डेसँग सोधपुछ गर्दा उहाँले कर्मचारी (परिचर) अभावका कारण अस्पतालको सरसफाइमा केही कमी भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया