बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – सातौं राष्ट्रिय खेलकुदमा ३२ ओटा खेल समावेश हुने भएका छन् ।

सातौं राष्ट्रिय खेलकुद कार्यकारी समितिका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टको अध्यक्षतामा आज सात दोबाटोमा बसेको बैठकले उक्त निर्णय गरेको हो । यसअघि ३५ खेल समावेश गर्ने भनिएको थियो ।

शारीरिक सुगठन, पौडी र ट्रायथलनका राष्ट्रिय प्रतियोगिता यसअघि नै सकिइसकेकाले ३२ खेल मात्र समावेश गर्ने निर्णय गरिएको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिनुभयो । यस पटकदेखि एथलेटिक्स अन्तर्गत म्याराथन पनि आयोजना भइसकेको हुँदा म्याराथन बाहेकका विधामा प्रतिस्पर्धा हुनेछ । त्यस्तै बैठकले सातौं खेलकुदका लागि खेलाडी दर्ता यही साउन २५ देखि आगामी भदौ २०, जिल्ला प्रतियोगिता भदौ २५ देखि असोज १४ तथा क्षेत्रीय प्रतियोगिता कात्तिक २३ देखि मङ्सिर ३ गतेलाई ताकेको छ ।

गत आइतबार सम्पन्न राखेपको १०६ औं बोर्ड बैठकले सातौं राष्ट्रिय पूर्वनिर्धारित क्षेत्र पूर्वाञ्चलमा मङ्सिर ८ देखि १५ गतेसम्म गर्ने निर्णय गरेको थियो । बजेटको समस्या र मधेस आन्दोलनले गर्दा दुई पटक मिति घोषणा भए पनि सातौं राष्ट्रिय खेलकुद स्थगन भएको थियो । ***

तपाईको प्रतिक्रिया