मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

काठमाडौं – स्वास्थ्य शिक्षाको क्षेत्रमा सुधारको माग राखेर यही असार २६ गतेदेखि आमरण अनशनमा बस्दै आउनुभएका डा गोविन्द केसीका मागलाई संसदमा प्रवेश गराएर छलफल थाल्न मानवअधिकार तथा शान्ति समाजले आह्वान गरेको छ ।

‘अनशनको १२ दिन बित्न लाग्दा पनि संसदमा यो विषयले प्रवेश नपाउनु खेदजनक छ भने प्रमुख राजनीतिक दलका शीर्ष नेताको नियतबारे नेपाली समाजमा नकारात्मक टिप्पणी बढ्न थालेको छ’ मानवअधिकार तथा शान्ति समाजका सभापति गङ्गाधर अधिकारीद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

समाजले डा केसीले उठाएका मागलाई लोकतान्त्रिक र विधिसम्मत ढङ्गबाट सम्बोधन गर्न समेत आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया