शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

दुबई – महिलाहरूको महान् चाड हरितालिका तीज मनाउन नेपालबाट चर्चित लोक गायक खुमन अधिकारी सहितका कलाकार दुबईमा आउने भएको छ ।

आगामी २६ अगस्टका दिन दुबईको इम्पिरियल सुईट होटलमा हुन गइरहेको “तीज धमाका २०७३” सांस्कृतिक कार्यक्रमका लागि नेपाली कलाकार समूहको निमन्त्रणामा गायक अधिकारी सहित गायिका जमुना सनम र मोडल बिना थापा दुबई आउने भएका हुन् । कार्यक्रममा नेपालबाट आउने अतिथि कलाकार खुमन अधिकारी, जमुना सनम र बिना थापाका साथ ख्यातिप्राप्त स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ । Teej Program-5

युएईमा आयोजना गरिने अन्य कार्यक्रमहरूको तुलनामा तीजको कार्यक्रम भने निकै महत्त्व र सफल पनि हुने गरेका छन् । साङ्गीतिक भ्रमणको क्रममा अधिकारी दुबईको लागि नौलो नभएपनि गायिका सनम र मोडल थापा भने दुबईको सहरमा पहिलो पटक आउने भएका हुन् ।

सन् २०१५ मा रतन थापाको सक्रियता तथा रामप्रसाद ढकालको अध्यक्षतामा स्थापना भएको नेपाली कलाकार समूहले यएईस्थित छरिएर रहेका कलाकारहरुलाई एकजुट गराउंदै विभिन्न सांगीतिक कार्यक्रमहरूको आयोजना गर्दै आएको छ ।

कार्यक्रमलाई व्यवस्थित ढंगले रोचक र मनोंरञ्जनात्मक बनाउनका लागि आयोजक समिति सशंक्त रूपमा लागि परेको अध्यक्ष ढकालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया