शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

भोपाल – भारतको मध्यप्रदेश राज्यस्थित रायसेन जिल्लाको मोतिपुरा गाउँमा एउटा अनौठो घटना प्रकाशमा आएको छ । बिहे गरेको १० दिनमै बेहुली सुत्केरी भएको घटनाले स्थानीय चकित भएका छन् ।

घर–परिवारले सोधपुछ गरेपछि खुलेको तथ्य अझ चकितलाग्दो छ । नवविवाहित ती महिलाले आफू पटक–पटक बलात्कार भएको बताएकी छन् । गाउँकै २२ वर्षीय काशीरामले आफूलाई पटक–पटक बलात्कार गरेको उनले बताएकी हुन् । बदनाम गर्ने डर देखाएर काशीरामले आफूलाई पटक–पटक बलात्कार गरेको जिकिर गर्दै उनले विवाह अघि पतिसँग पनि सम्बन्ध राखेको खुलासा गरेकी छन् ।

उनको करिब एक वर्षअघि विवाहको छिनोफानो भएको थियो । विवाह हुने टुंगो लागिसकेपछि आफूलाई भेट्न पटक–पटक आउँदा हुनेवाला पतिसँगसमेत सम्बन्ध राखेको उनले खुलासा गरेकी छन् ।

मामला प्रहरीसमक्ष पुगिसकेको र काशीरामविरुद्ध बलात्कारको मुद्दा दर्ता गरिएको प्रहरी स्रोतलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् । पतिका विरुद्ध भने कारवाही हुने हो वा होइन भन्ने खुलाइएको छैन ।

प्रहरीले ती महिलाबाट जन्मिएको बच्चाको पिता पत्ता लगाउन डिएनए परीक्षण गराउने भएको छ । (एजेन्सी)

तपाईको प्रतिक्रिया