बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो – जापानमा भएको गर्मी बिदा (नाचु यासुमी) को अवसर पारेर नेपालीहरूको घना बस्ती भएको जापानको व्यस्त सहर टोकियोको कामतामा जुलाई १७ तारिख आइतबार साझदेखि सोमबार बिहानसम्म डिजे पार्टी भएको छ ।

भर्खरै नबगठित कामाताबासी युवाहरूको समूह कामता गाईज ग्रुपको आयोजनामा भएको उक्त डिजे पार्टी संस्थाका युवाहरूले नेपाली कला, संस्कृति र जापानमा नेपाली युवाको सिप र कलालाई जोगाई राख्न आयोजना गरेका हुन् ।

2

सो डिजे पाटीलाई प्रख्यात डिजे सर्रुन र कामताको लोकल ब्यान्डले गायन, बाध्य बाधन बाट मनोरञ्जन दिएका थिए । सो डिजे पार्टीमा १ सय ९० जनाको सहभागी रहेको कामता गाईजका राम थापाले जानकारी दिनुभयो ।

कामाता र टोकियोको अन्य सहर बाट समेत उल्लाहस पूर्वक सहभागी नेपाली दाजुभाइ दिदी बैनी, सहयोग गर्ने सम्पूर्ण सङ्घ संस्थालाई हार्दिक धन्यवाद तथा भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा गरेको आयोजकको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया