मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

काठमाडौँ – महानायक राजेश हमालले महिलाको भूमिकामा अभिनय गरेको फिल्म ‘शकुन्तला’ मा समावेश गरिएको तीज गीतको भिडियो सार्वजनिक भएको छ । rajesh-in2

मंगलबार सार्वजनिक गरिएको गीतमा महानायक हमालले रातो साडी लगाएर तीजको गीतमा कम्मर मर्काएका छन् । हमालले गीतमा छोटो तर मिठो नृत्य प्रस्तुत गरेका छन् । सार्वजनिक तीज गीतमा हमालसँगै नायक किशोर खतिवडा, नृत्य निर्देशक शंकर बिसी र स्मृति श्रेष्ठलाई पनि देखाईएको छ ।

चलचित्रमा हमाल तेस्रो लिंगीको भूमिकामा देखिएका छन् । एकनारायण भण्डारीको शब्द तथा संगीत समावेश गरिएको गीतमा जीवन परियार र केशु गुरुङको स्वर रहेको छ ।

भदौ १० बाट प्रदर्शनमा आउने फिल्मलाई दिनेश श्रेष्ठको निर्देशन गरेका हुन् । फिल्मलाई आशाको रुपमा हेरिएको छ ।

भिडियो :

तपाईको प्रतिक्रिया