बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

टोकियो-सात जना जापानी नागरिकहरूको ज्यान जाने गरी बंगलादेशको राजधानी ढाकामा भएको आक्रमणपश्चात जापानको सिजुअोका केनमा रहेको मुस्लिम एसोसिएसनको ठेगानामा मुस्लिम समुदायप्रति गालीगलाैज गरिएको पोष्टकार्डहरू पठाइएको समाचार छ । जापानी भाषामा लेखिएको पोष्टकार्डमा उक्त क्षेत्रमा बसोबास गर्ने मुस्लिम समुदायलाई लक्षित गरी गालीगलाैजपूर्ण भाषाहरू प्रयोग गरिएको छ ।
यस्ता पोष्टकार्डहरू अाउन थालेपछि उक्त क्षेत्रको मुस्लिम समुदाय लगायत सामाजिक संजालहरूमा यसको चर्को वहस चलेको छ ।
पोष्टकार्डमा लेखिए अनुसार जापानमा रहेका मुस्लिम समुदायलाई जापान छाडेर जान भनिएको छ, त्यसैगरी मुसलमानहरू संसारको एकै खालका हुन, मान्छेको घाँटीकाटन रूचाउनेहरू हुन भन्नेजस्ता कुराहरू लेखिएको छ । सिजुअोका मुस्लिम एसोसिएसनले अाफ्नो सामाजिक संजाल फेसवुक तथा वेभसाइटमार्फत ती पोष्टकार्डहरूको फोटो सार्वजनिक गरेको छ । कतिपय जापानी नागरिकहरूले उक्त फेसवुक पोष्टमा यसरी पोष्टकार्डमा गालीगलाैज गरी पठाउनु राम्रो नभएको कुरा लेखेका छन् । एसोसिएसनले भने यस्ता धम्कीपूर्ण भाषा प्रयोग गरिएको पोष्टकार्डहरू पठाउने व्यक्ति र ढाकामा भएको घटनाको जिम्मा लिने अातंककारी समूहबीच कुनै भिन्नता नभएको कुरा फेसवुकमा लेखेको छ ।***Post Card5

Post Card Post Card2 Post Card3 Post Card4
फोटो साभारः मुस्लिम एसोसिएसन सिजुअोकाको फेसवुक

तपाईको प्रतिक्रिया