शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

टोकियो – नेपाल र जापान को मैत्रीपूर्ण सम्बन्धको ६० औ बर्षगाठ्को अवसरमा जापानको सिजुओका मा भव्य सास्कृतिक कार्यक्रम भएको छ । सिजुओकामा रहेका नेपालीहरूको पुरानो सस्था नमस्ते नेपाल सिजुओका तथा सान्तारो खागोरा नामक जापानी साङ्गीतिक समूह को संयुक्त आयोजनामा आइतबार आयोजित कार्यक्रममा पञ्च लामा तथा उनको समूह चौतारीको विशेष साङ्गीतिक प्रस्तुति रहेको थियो ।

2

लामा र उनको समूह ले करिब २ घण्टा विभिन्न लोकप्रिय नेपाली धुनहरु बजायर मनोरंजन दिएका थिए । हिमाली याक नाच, रेसम फिरीरी जस्ता गीत को धुनमा सहभागी जापानी तथा नेपालीहरूको उल्लास हेर्न लायक रहेको थियो । त्यसैगरी जापानी परम्परागत नाच को समूह एडो दाइकोगुराले करिब १ घण्टा सम्म आफ्नो विभिन्न प्रस्तुति मार्फत मनोरंजन गराएका थिए । सिजुओका मा रहेको सिमिन बुन्खा खाइखान मा आयोजित कार्यक्रममा बोल्दै जापानका लागि नेपाली कार्यबाहक राजदूत गेहेन्द्र राजभण्डारीले जापान र नेपाल को दौत्य् सम्बन्ध मज्बुत रहेको बताउदै यस किसिमको कार्यक्रमले दुई देश बिचको सांस्कृतिक आदानप्रदानमा मह्त्वपूर्ण भूमिका निभाउने विश्वास व्यक्त गर्नुभएको थियो ।

1

नेपालमा भूकम्प पछि जापानी नागरिकहरूले विभिन्न किसिमले नेपालीहरूलाई सहयोग गरी आफ्नो उदारता प्रस्तुत गरेकोमा सबै जापानी नागरिकहरुलाई आभार प्रकट गर्नुभएको थियो । त्यसै गरी सिजुओका का मेयर तानबे नोबुहिरोले दुई देश बिचको सम्बन्ध लाई सांस्कृतिक आदानप्रदान, शिक्षा, कला, भाषा जस्ता विषयले अझ गहिरो बनाउने बताउनुभयो । नेपालमा गत वर्ष गएको भूकम्प पछि जापान र यहाँ का नागरिक हरुले गरेको सहयोग प्रति धन्याबाद ज्ञापन गर्न तथा दुई देश बिच को मैत्रिपूर्ण सम्बन्ध को दिगोपना, दुई देश बिचको कला संस्कृतिको आदनप्रदानका लागि गरिएको कार्यक्रम उदेश्य अनुरूप सफल भएको नमस्ते नेपाल सिजुओका संयोजक नरेश महर्जनले बताउनुभयो ।

तपाईको प्रतिक्रिया