बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

pokhareli Didi bahineeटोकियो – सुन्दर नगरी पोखराबाट आई जापानमा बिभिन्न कार्यमा संलग्न पोखरेली दिदीबहिनीहरुको संस्था पोखरेली दिदीबहिनी समुह जापानले नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा तीज बिशेष कार्यक्रम ’रमाईलो तिज २०७३’ आयोजना गर्ने भएको छ ।

कार्यक्रम आउँदो अगस्त १३ तारिख शनिबार टोकियो शिनओकुबोस्थित सोलमारी रेष्टुरेन्टको सभाकक्षमा हुने बताईएको छ । उक्त कार्यक्रमका लागि ’सामाजिक उत्तरदायित्वका लागि दिदीबहिनीहरुको हातेमालो’ भन्ने नारा तय गरिएको छ ।

कार्यक्रमका लागि संस्थाकी महासचिव अञ्जु भण्डारीको संयोजकत्वमा २५ सदस्यीय आयोजक समिति गठन गरिएको छ ।

प्रवासको ठाउँमा दिदीबहिनीहरु एकै ठाउँमा भेला भई नाचगानका साथमा रमाईलो गरी तीज मनाईने र उक्त कार्यक्रमबाट संकलित रकम पोखरा बृद्धाश्रमलाई सहयोग गरिने संयोजक भण्डारीले समुद्रपारिलाई जानकारी गराईन् ।

कार्यक्रमको तैयारीलाई तिब्र बनाउन बिभिन्न उपसमितिहरु गठन गरी कार्यबिभाजन समेत गरिएको छ । जसअनुसार स्वयंसेवक उपसमितिको संयोजकमा बिन्नु गुरुङ र सदस्यहरुमा ज्योति पौडेल, कल्पना गुरुङ, बिन्दिय गुरुङ, सीता पौडेल, अञ्जु गुरुङ, सरु केसी र पबित्रा गुरुङ रहनुभएको छ भने स्वागत तथा सत्कार उपसमितिको संयोजकमा भीमकुमारी गुरुङ र सदस्यहरुमा ज्योति पौडेल, शर्मिला गिरी, शारदा केसी, आशा गुरुङ र सारा गुरुङ रहनुभएको छ । यसैगरी हल ब्यबस्थापन उपसमितिको संयोजकमा एनि शेरचन र सदस्यहरुमा मञ्जु कार्की, तेजमाया पुन, बिन्दु गिरी, प्रणिता गुरुङ, दिलु गुरुङ र शोभा गुरुङ रहनुभएको छ ।

कार्यक्रमको मिडिया पार्टनरमा मेरो सञ्चार डट कम रहने बताईएको छ । ***

तपाईको प्रतिक्रिया