बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

जापान –जापानमा बस्ने नेपालीहरूको महिलाहरूको समूह ‘म नेपाली गुप्र, जापान’ को वार्षिक कार्यक्रम अन्तर्गत यस वर्ष केही अघि ‘तीज महोत्सव २०१६’ को आयोजना गर्ने भएको छ ।

पूर्व निर्धारित मिति सेप्टेम्बर ४ तारिख अन्य सस्थाहरुले कार्यक्रम आयोजना गर्ने जानकारी पाएपछि फुटेर होइन जुटेर अघि बढ्नु पर्छ भन्दै सेप्टेम्बर ४ तारिख तोकिएको मिति सारेर अगष्ट २८ तारिकमा तोसिमा कुमिन सेन्टर इकेबुकुरोमा र ३० तारिकमा मेगुरो कुमिन सेन्टरमा गरी दुई दिवसीय तीज महोत्सव आयोजना गर्न लागेको तीज महोत्सव २०१६ का संयोजक कमला काप्रीले जानकारी दिनुभयो । विशेष गरी साइतामा, चिबा, खानागावा र टोकियोलाई लक्षित गरी हिन्दु महिलाहरूको दुई दिवसीय तीज महोत्सव २०१६ आयोजना गर्ने भएका हुन् । 13713317_10154342358836613_1274328344_n

तीज महोत्सव २०१६ लाई सफल र प्रभावकारी बनाउने विषयमा छलफल गर्न चौतारी रेस्टुरेन्ट शिनओकुबोको सभा कक्षमा बसेको गुप्रको बैठकले तिज महोत्सव २०१६ लाई सभ्य र भव्यरुपमा सम्पन्न गर्ने निर्णय गर्दै पछिल्ला वर्षहरूमा भएका कमजोरीहरुलाई सुधार गर्दै महोत्सवलाई थप भव्यरुपमा सफल पार्न कमला काप्रीको संयोजकत्वमा विभिन्न उपसमितिहरु समेत बनाएको छ । समितिको सांस्कृतिक संयोजकमा मिना के सी, कार्यक्रम व्यवस्थापनमा नान्सु पाण्डे र प्रतीक्षा प्रधान, आर्थिक समितिमा अन्जु हमाल, सनम थापा र प्रनीता सुवेदीलाई चयन गरिएको छ ।

त्यसैगरी मिडिया संयोजकमा सरला लम्साल र आम्बु कान्छी, अतिथि सत्कारमा जोया खड्का र दिपा कार्की, प्रचारप्रसारमा सिर्जना मल्ल, दिपा सेढाई, जमुना अधिकारी, अनिता अधिकारी, शान्ति मगर, रितु चापागाई र सुनिता महर्जन, कलाकार व्यवस्थापन संयोजकमा सुमी केसी, शान्ति सिग्देल, रमा अधिकारीलाई जिम्मा दिइएको संयोजक काप्रीले जानकारी दिनुभयो ।

हामीले नगरे कसले गर्ने अभियानको विशेष सहयोग रहने तीज महोत्सव २०१६ को म्युजिक संयोजकमा जोन छन्त्याल र यातायात संयोजकमा ओसामु कोवायासी रहेका छन् । महोत्सवमा तीजे भाकामा ख्यातिप्राप्त थुप्रै राष्ट्रिय कलाकारहरुद्वारा अन्तिममा ४ जना चर्चित कलाकारहरू छनौट भैसकेको र प्राविधिक अन्तिम तयारीमा रहेको आयोजकले जनाएको छ ।

जापानमा रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाई तीज महोत्सव २०१६ मा सहभागी भएर हौसला प्रदान गरिदिन आयोजक समितिले अनुरोध समेत गरेको छ ।

तपाईको प्रतिक्रिया