शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

टोकियो – अपागंहरूलाई स्वावलम्बन, जिवनपद्दतीको विकास, अभ्यास र अपागंमैत्री साधनको पहुँच कार्यक्रम सम्पन्न भएको छ । IMG_0803

नेपालको विनाशकारी भूकम्पसँगै अपागंताको संख्यामा वृद्धि र नाजुक अवस्थामा जीवनयापन गर्न बाध्य अपागंहरुलाई स्वावलम्बन र जिवनपद्दतीको विकास गर्ने हेतेले अपागंमैत्री साधनको पहुँच कार्यक्रम शनिबार सम्पन्न भएको हो । साकुरा ह्विलचियर प्रोजेक्टको प्रमुख कार्यालय टोकियोमा आयोजित कार्यक्रममा नेपाल जापान पिस सोसाइटीका अध्यक्ष तथा कानुनविद बलराम श्रेष्ठ, ईन्डिपेन्डीगं लिभीगं सेन्टर (CIL) नेपालका माहासचिव कृष्ण गौतम, साईतो कोबो प्रमुख शोउ शाईतो, साकुरा ह्विलचिय प्रोजेक्टका संयोजक हबिब उर रहमान, गुल्मेली समाज जापानका सदस्य राम प्रसाद ढकाल, जापान काउन्सिल इन्डेपेन्डीगं लिभीगं (JIL) की मिसीओ सान, स्वयंसेवी कृष्ण प्रसाद भण्डारी पाकिस्तान, कम्बोडिया, भियतनाम, मंगोलिया, जापान आदि देशका ईन्डिपेन्डीगं लिभीगं सेन्टरका प्रतिनिधि साथै अपांगक्षेत्रमा क्रियाशील व्यक्तिहरूको रूचीकर उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपालमा हाल सम्म जम्मा १२ को संख्यामा मात्र रहेका विधुतीय ह्विलचियर संख्या वृद्धि, मर्मत र निर्यात के कसरी गर्ने बारेमा पनि छलफल गरियो । (CIL) नेपालका महासचिव गौतमले जापानवासी नेपाली दाजुभाइ दिदीबहिनीमा नेपाल आउँदा १ ह्विलचियर लियर आहुनुहुन अनुरोध समेत गर्नुभयो । अपागंता भएकाहरूको स्वावलम्बन जीवन पद्धतिको जापानी अवधारणा नेपाल भित्राउने र सफल प्रयोगको सुरुवात गर्ने पनि गौतम नै हुनुहुन्छ ।

गुल्मेली समाज जापानका सदस्य ढकालले ३० लाखको हाराहारीमा रहेका अपागंता भएका व्यक्तिको क्षमता वृद्धि साधनश्रोतको पहुँचको लागी सबैले आफ्नो सक्दो योगदान गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा २ विधुतिय ह्विलचियर नेपाल पठाउने निर्णय गरी गरियो ।

तपाईको प्रतिक्रिया