शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौँ – संसदमा सबैभन्दा ठुलो दल काँग्रेसलाई सत्ता बाहिर राख्न एमाले एमाले अध्यक्ष केपी शर्मा ओलीले पठाएको रणनीतिक प्रस्तावलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अस्वीकार गर्नुभएको छ । prachanda-kp-oli

आफ्नो नेतृत्वमा सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिएपछि समस्यामा परेका प्रधानमन्त्री ओलीले नौ महिनाका लागि समर्थन गर्ने प्रस्ताव दाहालले अस्वीकृत गर्नुभएको आजको अन्नपूर्ण पोस्टमा खबर छ । स्रोतका अनुसार शान्ति प्रक्रियाका बाँकी काम कारबाही दाहालको नेतृत्वमा गर्ने र निर्वाचन शेरबहादुर देउवाको नेतृत्वमा गराउने समझदारी काँग्रेस र माओवादी केन्द्रबीच भएपछि आफू सत्ता बाहिर रहने अवस्था आउन नदिन ओलीले दाहाललाई त्यस्तो  प्रस्ताव पठाएको स्रोतले बतायो ।

‘काँग्रेसले जस्तो हामी पनि तपाईँसँग लिखित सहमति गर्न तयार छौ, भनेर एमालेबाट प्रस्ताव आएको थियो, यो प्रस्तावलाई मैले ढिलो भइसक्यो भनेर पठायौँ,’ दाहाललाई उद्धृत गर्दै माओवादी केन्द्रका एक नेताले भन्नुभयो ।

तपाईको प्रतिक्रिया