शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

11काठमाडौँ – रामबाबु गुरुङले निर्देशन गरेको प्रतिक्षारत फिल्म ‘पुरानो डुङ्गा’ को टिजर गीत र पोस्टर सार्वजनिक गरिएको छ ।

सार्वजनिक पोस्टरमा दयाहाङ राई, प्रियंका कार्की, माओत्से गुरुङ्ग र मेनुका प्रधानलाई देख्न सकिन्छ । टिजरमा रोचक संवादसहित फिल्मको ‘निर जैले रिसाउनी’ बोलको गीत राखिएको छ । दयाहाङ र प्रियंकालाई मात्र समेटेर सार्वजनिक गरिएको टिजर गीतमा कालिप्रसाद बास्कोटाले स्वर र संगीत दिएका छन् ।

माओत्से गुरुङको कथामा रामबाबु र उपेन्द्र सुब्बाको लेखन रहेको फिल्म मंसिर १० गतेदेखि प्रदर्शनमा आउने छ । चलचित्रमा दयाहाङ र प्रियंकाका अलावा माओत्से गुरुङ, मेनुका प्रधान आदिले मुख्य भूमिकामा अभिनय गरेका छन् ।  purano-dunga

यसअघि ‘कबड्डी र कबड्डी कबड्डी’ निर्देशन गरेर चर्चामा आएका रामबाबुको यो चलचित्रले पनि दर्शकको मन  जित्ने अपेक्षा गरिएको छ ।

टिजर हेर्नुहोस् : 

तपाईको प्रतिक्रिया