शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – नेपाल र जापानको मैत्रीपूर्ण सम्बन्धको ६० औ बर्षगाँठको अवसरमा जापानको सिजुओकामा सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ ।

सिजुओकामा रहेका नेपालीहरूको पुरानो सस्था नमस्ते नेपाल सिजुओका तथा सान्तारो खागोरा नामक जापानी सांगितीक समूहको संयुक्त आयोजनामा जुलाई १७ मा उक्त कार्यक्रम हुन लागेको हो । दुई देश बिचको मैत्रिपूर्ण सम्बन्धको दिगोपना र दुई देशबीचको कला संस्कृतिको आदान प्रदानका लागि कार्यक्रमको आयोजना गरिएको नमस्ते नेपाल सिजुओका संयोजक नरेश महर्जनले समुद्रपारिलाई बताउनुभयो ।

कार्यक्रममा  नेपालमा गत वर्ष गएको भूकम्पपछि जापान र यहाँका नागरिकहरूले गरेको सहयोग प्रति धन्याबाद ज्ञापन गरिने महर्जनले जानकारी दिनुभयो । परराष्ट्र मन्त्रालय जापान तथा जापान स्थित नेपाली दूतावासको सहयोगमा हुन लागेको कार्यक्रममा पन्च लामा तथा उहाँको समूह चौतारीको विशेष सांगीतिक कार्यक्रम पनि रहने छ ।

कार्यक्रममा जापानका लागि कार्यबाहक नेपाली राजदूत गेहेन्द्र राजभण्डारी तथा सिजुओकाका मेयर तानाबे नोबुहिरो उपस्थित हुने बताइएको छ । नेपालमा भूकम्पका बेला सिजुओकाबासीले गरेको सहयोगको कदर गर्दै कार्यक्रममा कुनै प्रवेश शुल्क नराखिएको आयोजकले जनाएको छ । ***

तपाईको प्रतिक्रिया