बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव नेतृत्व गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सत्तारुढ गठबन्धनकै मन्त्रीहरुले भेटघाट तीव्र पारेका छन् । Prachanda-Speaks

नयाँ गठबन्धनमार्फत निर्माण हुने सरकारमा पर्न उनीहरू व्यवस्थापिका संसददेखि प्रचण्डको निवासै पुग्ने गरेको आजको नागरिक दैनिकमा खबर छ । माओवादी स्रोतका अनुसार अहिलेसम्म ओली नेतृत्वको सरकारमा सामेल मन्त्रीकै दलका २० भन्दा बढी सांसदले काँग्रेस माओवादी गठबन्धनमा साथ दिने प्रतिबद्धता जनाइसकेका छन् । दुई दलले केही दिनअघि आगामी ९ महिनासम्म माओवादी अध्यक्ष प्रचण्ड र त्यसपछि काँग्रेस सभापति शेरवहादुर देउवा प्रधानमन्त्री हुने सहमति जुटाएका छन् ।

संसदमा आगामी साउन ६ गते ओलीविरुद्ध अविश्वास प्रस्ताव बढेपछि बहालवाला मन्त्री अध्यक्ष प्रचण्डलाई फकाउन गोप्य भेटघाटमा जुटेका हुन् । खानोपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंह शुक्रवार साँझ झन्डावाल गाडीमै प्रचण्ड निवास लाजिम्पाट पुग्नुभएको थियो ।

तपाईको प्रतिक्रिया