शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौँ – वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका विभिन्न भनाइप्रती सामाजिक सञ्जालहरुमा विभिन्न तरिकाबाट टिकाटिप्पणी भइरहेका बेला पछिल्लो समय तीजका गीतमा पनि ब्यङग्य हुन थालेको छ । song

हालसालै सार्वजनिक गरिएको गायक अरबिन्द्र भट्टराईले पनि ओलीप्रती कडा ब्यङग्य गर्दै गीत बजारमा ल्याएका छन् । आफ्नै शब्द र लयमा सार्वजनिक गरेको ‘घरघरमा ग्यास पाइप’ गीतमा गायिका तुलसी घर्ती मगरले साथ दिएकी छिन् । गीतमा भट्टराई स्वयम प्रधानमन्त्रीको अभिनय गर्दै गर्फै लाउन परेपछि साना तिना लाईन्न भन्दै प्रस्तुत भएका छन् । उनीसँगै अभिनयमा शुसिला (बिमली) पनि देखिएकी छिन् ।

प्रधानमन्त्रीको सर्वत्र आलोचना भैरहेका बेला गीतले पनि प्रधानमन्त्रीले गफ लाएर नै चर्चामा आएको भनेर संकेत गर्न खोजेको देखिन्छ । उक्त गीतको भिडियोलाई बासु बराल र सागर गौतमले खिचेका हुन् भने चिरञ्जिवी सापकोटाले निर्देशन गरेका हुन् ।

गीतको भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया