शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

टोकियो – बिगतका तिजहरुमा पनि राम्रा राम्रा तीज गीत बजारमा ल्याएर दर्शक र श्रोताको मन जित्न सफल गायिका सिर्जु अधिकारीले यसवर्ष पनि दर्शक श्रोताको मनमस्तिष्कमा बस्ने तीजको कोसेली ल्याएकी छिन् । नेपाली तीज गीतका पारखीहरुका लागि सिर्जु अधिकारीको सुमधुर स्वरमा रहेको तीज गीतको भिडियो सार्बजनिक भईसकेको छ ।

’बरिलै नाँच्छु छम्म छम्म’ बोलको गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।छाडा शब्दले जरा गाड्दै गईरहेको यो समयमा गायिका सिर्जुले बिल्कुलै सभ्य शब्द र टिपिकल भाषामा नयाँपन रहेको तीज गीत बजारमा ल्याएकी हुन् ।

कुशल संगीतकार समेत रहेकी गायिका सिर्जुले उक्त तीज गीतमा शब्दसँगै संगीत पनि आफै भरेकी छिन् ।

शंकर बिसीको निर्देशनमा तयार भएको भिडियोमा सिर्जु अधिकारीको अभिनय रहेको छ । हमाल म्युजिकको प्रस्तुतीमा बनेको तीज गीत राजेश घिमिरेले खिचेका हुन् । ***

तपाईको प्रतिक्रिया