बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

Rajendraनेपाली जनसम्पर्क समिति जापान स्वस्थ्य, लोकतान्त्रिक पद्धति अवलम्बन गर्ने सँस्था हो जसको जन्म बिधिवत रुपमा सन् २००० बाट स्थापना भएको हो तर त्यस भन्दा अगाडि सन १९९२ मे १ तारिख टोकियोको उएनो पार्कमा भएको भेलाले नेपाली काँग्रेस सम्पर्क समिति गठन गरी सन् १९९७ सम्म नेपाली काँग्रेस संग आस्थावान साथीहरुलाई गोलबन्द गर्दै सक्रिय रहेको थियो ।

दुई दशक यात्रा गरिसकेको यस संस्था जसको नाम आफैमा अलंकारी पनि छ, जन भन्नाले मानिस, मानिस बिचको मेल र सम्पर्क भन्नाले सहि सोच, एउटै लक्ष्य जुन राष्ट्रियता, लोकतन्त्र, समाजबाद सहितको समग्र एकताले नेपाल राष्ट्रको संम्वृद्धि गर्छ भन्ने मान्यता र बिश्वास राख्नेहरुको बिचको आत्मियतालाई एउटै गन्तब्यमा डोराउने मार्गदशक नै सम्पर्क हो । त्यसैले हामी सिद्धान्तनिष्ठहरुको सामुहिकता बोकेको चल्ति ट्रेन हो जनसम्पर्क समिति जापान ।

स्वर्गीय महामानव विपी कोईरालाबाट प्रवासको भूमिमा बसिरहँदा देशको माया र पार्टी सिद्धान्तनिष्ट कार्यकर्ताहरुमा जीवन्तता रही रहोस भनि भारतीयभूमिबाट नामकरण गरी गठन पहिलो संगठन भारत हुंदै आज बिश्वभर फैलिएको छ । जनसम्पर्क समितिहरुको इतिहाँस हेर्दा भारत पछि यस संगठनको शुरुवात जापानबाट भएको छ जसको श्रेय तत्कालिन अवस्थामा जापान बस्नुहुने अग्रज हस्तीहरु बिश्वनाथ शर्मा, मनुराज श्रेष्ठ, जेपी पण्डित, नारायण थापा (हाल अमेरिका) स्वर्गीय भीष्म पौडेल लगायतलाई दिनैपर्छ । त्यस पछि स्वर्गिय रामबहादुर पौडेल, महेशकुमार श्रेष्ठ, कृष्णप्रसाद सुबेदी, बलाराम श्रेष्ठ, भूपिगोबिन्द श्रेष्ठ, बर्तमान सभापति नारायण सुबेदीको निष्ठा, योगदान र निरन्तरताले नै हामी जस्ता युवाहरुको नेतृत्वमा सही सदुपयोग गर्दै आजका दिनसम्म जनसम्पर्क समिति जापान समस्त जापानबासी नेपालीहरुको प्यारो संस्था, ढुकढुकी र पहिचान बनेको छ ।

सबै क्षेत्रिय संघहरुमा नयाँ कार्य समितिको चयन, सर्बसम्मत र कान्तो क्षेत्रमा चुनाबी प्रतिस्पर्धाबाट चयन भईसकेको हुँदा अब सबैको ध्यान छैठौं अधिबेशनतिर तानिएको छ, जुन स्वभाविक पनि हो । कुनै पनि ब्यक्ति संघसँस्था र संगठनमा आवध्द भएपछि समय सापेक्ष सक्रियता देखाउँदै नेतृत्वमा पुग्ने सबैको नैसर्गिक अधिकार होला तर पनि नेतृत्व गर्न चाहने ब्यक्तिको सक्षमता, दक्षता संगै सैद्धान्तिक ज्ञान, साँगठानिक ज्ञान, सँस्थाको आचरण प्रति कटिबद्ध हुँदै निरन्तरता सँगै बिश्वास पैदा गर्न सक्नुपर्छ । तबमात्र संस्थाको बिकास सँगै गरिमा बढाई समाजमा पार्ने प्रभाब पनि अतुलनीय रहनेछ । पद र ब्यक्तिगत प्रतिष्ठाका लागि मात्र नेतृत्वमा होमिने परिपाटीले न त समस्त सदस्यको प्रतिनिधित्व गर्न सक्छ,न त जनसम्पर्क समितिको बिकास । यस सँस्थाको नेतृत्वलाई साउनको भेल जस्तो सम्झन पनि भएन जसरी नदिको निरन्तर प्रवाह रहन्छ न हिउँद न बर्खा त्यसरी नै बगिरहने खडेरीको शिथिलता सँग आफ्नो गन्तब्यमा आईरहेका रोकावटलाई परास्त गर्दै अघि बढनुपर्ने छ ।

यो पटक मताधिकार प्राप्त गर्नुहुने साथीहरु देखि शुभचिन्तकहरुले जनसम्पर्क समिति जापानको नदी जस्तै सही नेतृत्व खोजीरहेकाछन् पक्कै जनसम्पर्क समिति जापानको पुरै टिमका नेतृत्व खहरेखोला जस्तो पनि नबनोस् सचेत छन् । खहरे खोला सुक्दा कमिलाको क्रिडास्थल बने जस्तै हरेक मतदाताहरुले विवेकपूर्ण निर्णय गर्नेछन् । अवसरबादी, सामन्तबादी सोच, एकलबादी नेतृत्वको चाहना, पुरातनबादी सोच, पलायनबादीहरुको घुसपैठको चलखेलबाट जनसम्पर्क समिति बचाईराख्नु पनि आजको नेतृत्वको सही जिम्मेवारी र अर्थपूर्ण भूमिका बन्नसक्छ ।

बिगत देखी बर्तमानको नेतृत्वले लोकतन्त्रको संस्थागत बिकासमा आफ्नो पँहुचको आधारमा नैतिक, आर्थिक, सामाजिक र जनचेतना जगाई नेपाली काँग्रेसकोको आधारभूमिलाई उग्रवादको धरातलिय क्षयिकरणबाट जोगाउन एक हदसम्म सक्दो प्रयास गरिरहेको छ, त्यसको ज्वलन्त उदारहण हरेक नेपाली काँग्रेसको आस्थाबोक्ने साथीहरु जापान काँग्रेस हुँ भनेर खुलेआम चिनिन सक्नुहुन्छ ।

नेपाली काँग्रेसप्रति बिभिन्न पार्टी समुहले नेपालदेखि जापानसम्म गर्ने गरेका आरोप, सैद्धान्तिक कटूता, अनलाईन मिडियामा हुने छेडछाड, कटुआलोचकहरु संगबाट कर्मठ जापानबासी साथीहरुलाई जोगाउन र समायअनुकुल प्रतिरोध गर्न सक्ने
बनाउन सैद्धान्तिक प्रशिक्षणले हरेक ब्यक्तिको नेतृत्व बिकास गराई हरेक कार्यक्रममा सबैको अपनत्व दिलाई गोलबन्द गर्नुपर्ने छ ।

सूचना आदान प्रदान गरी विद्यमान देशको लोकतन्त्रबाट प्राप्ति गरेको उपलब्धिहरुलाई जोगाउनु हाम्रो पनि कर्तब्य हुन आउँछ । कतै देशभक्त र अन्धो राष्ट्रबादको नाममा कतै लेलिन र माओबादका उग्र क्रान्तिकारी नयाँ जनवादका नाममा कतै वर्ग संघर्ष र जातियताका नाममा कतै पहाडिया र मधेशीका नाममा समाजमा पारिएका दरारहरुलाई मेटाउनु हामी आम काँग्रेसीहरुको दायित्व र राष्ट्र विकासको औचित्य सावित हुनेछ । उग्रबादका नाममा गरिएका भागबण्डाहरु देशलाई पक्कै हानी पुर्‍याउने छन् । आजको राजनैतिक गतिविधि हेर्दा न त बैज्ञानिक न त भौगोलिक नत बस्तुबादी नै छ । कसरी आफ्नो धार्नी बोझिलो होस् भन्ने सोच मात्रै बोकिएको छ । समाजमा भोलि दोषारोपणको भागी हुन नपरोस् सहि समयमा सहि नीति अबलम्बन गरे मात्र बीपीको मेलमिलापको नीति जस्तै दीर्घकालिन अस्तित्व राख्न सक्दछ । त्यसका निम्ति हामी जनसम्पर्क समिति जापान सदैब सजक रही आफ्ना नेतृत्वहरुलाई घचघचाइ रहनुपर्ने छ ।

त्यसैले जनसम्पर्क समिति जापानको आगामी नेतृत्वले चुनाबी प्रतिष्पर्धा मात्रै हैन हाम्रा काँधमा गौण जिम्मेवारी भएको बोध गरि सकेसम्म योग्य साथीको नेतृत्वमा र्सवसम्मत नेतृत्व चयन गर्नु या स्वच्छ प्रजातान्त्रिक पद्दतिबाट चुनिनु पर्नेछ । आफ्नो आङको जुम्रा नदेख्ने अर्को साथीको आङको धुलो देख्ने प्रवृतिको अन्त्य गरि व्यक्तिवादी दोषारोपण हैन आत्मियताको विकास गरि सामुहिक बौद्धिक विकासले सिंगै जनसम्पर्क समिति जापानको आङ ढाक्न सक्छ र त्यतातिर सोच्नु अनिवार्य पनि छ ।

समुहिकता नै सहजता हो, जित नै चरम आनन्द हैन, सार्थकता नै जीत हो, यसलाई जीवन्त पार्न सिकौ । तवमात्र जनसम्पर्क समिति जापानको अब आउने नेतृत्वले आम जापानवासी समुदायको भावनालाई सम्बोधन गर्नेछन् ।***

(लेखक जम्मरकट्टेल नेपाली जनसम्पर्क समिति जापानका हालका महामन्त्री हुन)  

तपाईको प्रतिक्रिया