शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

Surya Khadkaटोकियो – तीजे गीतका नाममा छाडा सँस्कृति मौलाएकोप्रति लक्षित गर्दै गायक सूर्य खड्का र गायिका देवी घर्ति मगरले तीजे भाकामै त्यसो नगर्न अपिल गरेका छन् ।

रोजगारीकाक्रममा जापानमा रहेका गायक खड्का र गायिका घर्ति मगरको स्वरमा सजिएको ’गायक अनि लेखकको जय होस्’ नामको नयाँ तीजे गीतको म्युजिक भिडियो हालै बजारमा आएको हो । उक्त गीतमा उनीहरुले यसपालीको तीजको गीत नारी बेदना समेटिएको आउनुपर्ने र आमा, दिदीबहिनी संगसंगै बसेर हेर्न मिल्ने हुनुपर्ने आशय ब्यक्त गरेका हुन् ।

पछिल्लो समयमा आफ्नो गायन यात्रामा थप सक्रियता बढाएका खड्काले तीजका गीतहरु पनि गाउन थालेका हुन् । तीजका गीतहरु रत्यौली पाराका र छाडा हुँदै गएको प्रति चिन्ता ब्यक्त गर्दै नाम चलेका कलाकारले गाए पनि नयाँ कलाकारले गाए पनि तीज र महिलाको सम्मान गर्न र विकृति फैलाउने खालको गीत नगाउन गीतबाटै अपिल गरिएको छ ।

तीजका गीत भनेको लोकसँस्कृति झल्किने खालका हुनुपर्ने सन्देश दिन खोजिएको सो म्युजिक भिडियो हमाल म्युजिक प्रालिले बजारमा ल्याएको हो ।

यसमा लय कृष्ण अखेलीको र शब्द शिव अखेलीको रहेको छ भने छायाङ्कन अजय रेग्मीले गरेका छन् ।

यसैगरी सम्पादन अनुप शिवाकोटीको रहेको छ भने निर्देशन कुमार केसीको रहेको छ ।  हिमाल रिजाल र दिपाशा बिसीको अभिनय रहेको सो म्यूजिक भिडियोमा बिचबिचमा जापानको दृश्य पनि देखाईएको स । उक्त म्युजिक भिडियो हेरेर सुझाव तथा प्रतिक्रिया दिन पनि समुद्रपारि मार्फत गायक खड्काले दर्शक स्रोताहरुमा अनुरोध गरेका छन् ।  खड्का जापानमा नम्र, सरल र मिजासिला स्वभाव भएका लोकप्रिय गायक मानिन्छन ।

गायिका देवी घर्ति मगरले अन्य तीजका गीतहरु जस्तै यो गीतलाई पनि दर्शक-स्रोताहरुले मन पराईदिने अपेक्षा गरेको समुद्रपारिलाई बताईन् । ***

तपाईको प्रतिक्रिया