बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौँ – अपरेटिङ सिस्टममा विन्डोजले एकछत्र राज गरिरहेका बेला त्यत्तिकै प्रभावकारी विकल्पका रूपमा आएको छ, लिनक्स । कम्प्युटर हार्डवेयर र प्रयोगकर्ताबीच तालमेल मिलाउने सफ्टवेयरलाई अपरेटिङ सिस्टम भनिन्छ।

प्रयोगकर्तादेखि केही इनपुट लिने, त्यसलाई प्रोसेस गर्ने र आउटपुट स्क्रिनमा देखाउनेदेखि डिस्कमा फाइल र फोल्डर आदि मिलाएर देखाउने तथा प्रिन्टर, इनपुट र आउटपुट डिभाइसेसहरू कन्ट्रोल गर्ने काम अपरेटिङ सिस्टमले गर्छ । विश्वमा सबभन्दा बढी चलाइने अपरेटिङ सिस्टम विन्डोज हो । बच्चैदेखि कम्प्युटर विषय पढाइ हुने स्कुलहरूका कम्प्युटरमा विन्डोज, विन्डोज भिस्टा, विन्डोज सेभेनजस्ता अपरेटिङ सिस्टम हालेर कम्प्युटर सिकाइन्छ धेरैलाई विन्डोज अपरेटिङ सिस्टममा बानी बसेको हुन्छ र सजिलो पनि लाग्छ । ‘विन्डोज अपरेटिङ सिस्टम’ फ्री अपरेटिङ सिस्टम होइन. धेरैले बजारबाट विन्डोजको बुटएबल डीभीडी किनेर कम्प्युटरमा इन्स्टल गरी प्रयोग गर्ने गर्छन् तर यो सरासर चोरी हो । विन्डोज चलाउन अपरेटिङ सिस्टमको लाइसेन्स किन्नुपर्दा १५ देखि २० हजार रुपैयाँसम्म पर्छ ।  computor

विन्डोज अपरेटिङ सिस्टमको लाइसेन्स किन्न सकिँदैन भने पनि चिन्ता लिनु पर्दैन् । अर्को अपरेटिङ सिस्टम छ जुन ‘फ्री एन्ड ओपन सोर्स’ हो, ‘लिनक्स अपरेटिङ सिस्टम’ । यो सिस्टम निःशुल्क डाउनलोड गरेर आफ्नो कम्प्युटरमा इन्स्टल गर्न सकिन्छ । सुरुमा लिनक्स चलाउन बानी नपरेकालाई गाह्रो हुनसक्छ तर चलाउँदै गएपछि प्रयोगकर्तालाई सहज लाग्दै जान्छ । विन्डोजभन्दा लिनक्स अपरेटिङ सिस्टम किन राम्रो भन्ने तथ्यहरू छन् । लिनक्स चलाउँदा कम्प्युटरमा विन्डोजमा जस्तो धेरै समस्या देखिँदैन । संसारका लगभग ९० प्रतिशत सर्भरमा लिनक्स राखिएको हुन्छ। सर्भर भनेको त्यस्तो कम्प्युटर हो जुन चौबीसै घण्टा खुला राखिनुपर्छ । यसको मतलब, त्यत्रा सर्भर ओनर र इन्जिनियरहरूको रोजाइमा लिनक्स पर्छ भने पक्कै पनि लिनक्स कम जोखिमयुक्त छ ।

विन्डोज हालेको कम्प्युटर बिनाकारण ह्याङ हुन्छ, बन्द हुन्छ अथवा विज्ञापन देखिन थाल्छ भने बुझ्न जरुरी छ । कम्प्युटरमा भाइरस लागेको छ. धेरै कम्प्युटर प्रयोगकर्ताले विन्डोज प्रयोग गर्ने भएकाले ह्याकर्सले विन्डोजलाई धेरै टार्गेट गर्ने गरेका छन् । लिनक्सको सेक्युरिटी व्यवस्थापन पनि राम्रो छ । सिस्टमसँग सम्बन्धित कार्य गर्नुर्पयो भने ‘एडमिन पासवोर्ड’ हाल्नैपर्छ । यसका कारण लिनक्समा भाइरसले हत्तपत्त सिस्टम बिगार्न सक्दैन । लिनक्समा पनि भाइरस नलाग्ने होइन तर प्रयोगकर्ताको कारणले पनि हुनसक्छ, ह्याकर्सहरूले विन्डोजलाई टार्गेट गर्ने गरेको पाइएको छ । लिनक्सको सेक्युरिटी व्यवस्थापन पनि राम्रो छ । सिस्टमसँग सम्बन्धित कार्य गर्नुर्पयो भने ‘एडमिन पासवोर्ड’ हाल्नैपार्छ । यसका कारण लिनक्समा भाइरसले हत्तपत्त सिस्टम बिगार्न सक्दैन् ।

विन्डोज प्रयोग गर्दा हरेक कामका लागि फरकफरक सफ्टवेयर डाउनलोड गरेर इन्स्टल गर्नुपर्ने हुन्छ । तर लिनक्स इन्स्टल गर्दा आवश्यक सबै सफ्टवेयर आफैँ ‘पिरिइन्स्टल्ड’ आउँछन् । अफिस प्याकेज, फाएर फक्स, इमेल क्लाइन्ट, इमेज एडिटर, मेसेन्जर आदि सफ्टवेयर पहिलेदेखि नै लिनक्समा हालिएको हुन्छ । लिनक्समा, सिस्टम तथा इन्स्टल गरिएका सफ्टवेयरहरू एकैसाथ एकै क्लिकमा अपडेट गर्न सकिन्छ ।

तर विन्डोज्मा विन्डोज अपडेट एकातिर र बाँकी इन्स्टल गरिएका सफ्टवेयरहरू अर्कोतिर, हरेक कुरा तिनकै ठाउँमा गएर अपडेट गर्नुपर्छ. लिनक्समा एक क्लिकमा सबै थोक अपडेट गर्न मिल्ने छुट्टै मजा छ । लिनक्स ओपन सोर्स भएका कारण यसको सपोर्ट कम्युनिटी ठुलो छ ।

तपाईको प्रतिक्रिया