बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

डोटी – जिल्ला अस्पताल डोटीमा खानेपानीको चरम अभाव भएको छ ।

निरन्तर भइरहेको वर्षाका कारण पानीको मुहानमा अवरोध हुँदा मुहानबाट निरन्तर पानी आउन सकेको छैन् । वर्षासँगै हुने विभिन्न प्रकारका बिरामी अस्पतालमा आउने गरेकाले पानीको अभावका कारण समस्या सिर्जना भएको जिल्ला अस्पतालका निरीक्षक रमेश मलासीले बताउनुभयो ।

जिल्लाका ५० गाविस र एक नगरपालिकाको सेवा लिने अस्पतालमा पानी अभावका कारण ग्रामीण भेकबाट सेवा लिन आउने बिरामी मिनरल वाटरले शौचलगायतका खान, हातमुख धुन बाध्य भएको दिपायलका वीरेन्द्र शाहले बताउनुभयो ।

सदरमुकाम सिलगढीमा नै पानीको हाहाकार भएपछि अस्पतालमा समस्या खड्केको हो । दुई दिन बिराएर मात्रै आउने पानी आजभोलि तीन चार दिनपछि मात्रै आउन थालेको छ ।
पानी आए तापनि धमिलो र खान नमिल्ने खालको रहेको सिलगढीबाट आएकी कल्पना शाहले बताउनुभयो ।

कल्पनाकाअनुसार हामी गृिहणीका लागि सिलगढीमा धेरै गाह्रो भएको छ, पानी कुन दिन आउँछ आउँदैन थाहा हुँदैन । सिलगढी खानेपानी उपभोक्ता समितिले यस विषयमा गम्भीर बन्नुपर्ने यहाँका बासिन्दाको भनाइ छ ।

तपाईको प्रतिक्रिया