शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

कोरिया – उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । कोरिया प्रयाद्विपको पूर्वी तटबाट उत्तर कोरियाले मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ ।

सिनोप तटबाट उत्तर कोरियाले नेपाली समय अनुसकार बिहान सवा सात बजे मिसाइल परीक्षण गरेको हो ।

kor

उत्तर कोरियाले आणविक हतियार बनाएका भन्दै संयुक्त राष्ट्रसंघले उसमाथि प्रतिवन्ध लगाएको छ । राष्ट्रसंघको नियम अनुसार उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रविधि प्रयोग गर्न पाउँदैन ।

उत्तर कोरियाले मिसाइल परीक्षणका बारेमा औपचारिक जानकारी दिन बाँकी छ । अमेरिकाले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनमाथि प्रतिबन्ध लागएको थियो । – एजेन्सी

तपाईको प्रतिक्रिया