शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

Pawan Jee 1विराटनगर – पूर्वको पवित्र तीर्थस्थल ताप्लेजुङस्थित पाथीभरादेवी मन्दिरको इतिहास र त्यहाँको यात्रालाई वर्णन गरेर निर्माण गरिएको सांगीतिक भिडियो विराटनगरमा विमोचन गरिएको छ ।विराटनगर-१ कि पाथीभरा देवीले म्युजिक एल्वमको विमोचन गरेकी हुन् ।

‘पाथीभरा दर्शन’को नामले बजारमा ल्याइएको उक्त म्यूजिक भिडियोमा दुईवटा गीत समावेश गरिएका छन् । विराटनगर-४ निवासी मणिराज दाहालले निर्माण गरेको उक्त एल्वमको शब्द रचना र लय मणिराज दाहालले गरेका हुन् । गीतमा स्वर गायिका अञ्जु गौतम र मणिराज दाहालको रहेको छ ।
लोकभाकामा रचना गरिएको भजन संग्रहको म्यूजिक भिडियो पूर्वाञ्चलको ताप्लेजुङ, इलाम, भेडेटार र विराटनगरमा छायाङकन गरिएको जनाइएको छ । भिडियोमा गोविन्द दाहाल, डा. सनत बराल, मदन पुडासाई लगायतका स्थानीय कलाकारहरुको अभिनय रहेको छ ।

पूर्वाञ्चलमा रहेको पवित्र धार्मिक क्षेत्र ‘पाथिभरा’को व्याख्या गरिएको उक्त म्युजिक भिडियो ल्याउनुको उद्देश्य यसको प्रचारप्रसार गर्ने रहेको रचनाकार दाहालले बताए । उनले भने, ‘धर्मप्रति धेरैको आस्था घट्दो देखिन्छ । यो समयमा धर्मको संरक्षण र प्राकृतिक सम्पदाको विकास र विस्तार गर्ने हाम्रो उद्देश्य हो ।’
Pawan Jee

तपाईको प्रतिक्रिया