बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

टोकियो – एक झुप्पा अंगुर ११ लाख ८७ हजारमा बिक्री भयो भन्दा सहजै विश्वास हुँदैन । तर जापानमा एक झुप्पा अंगुरलाई ११ हजार अमेरिकी डलर अर्थात झण्डै ११ लाख ८७ हजार रुपैयाँमा बिक्री भएको छ ।

1

जापानमा फलफूल सामान्यतया महंगै मानिन्छ र फलफूललाई प्रतिष्ठासँग जोडेर समेत हेरिन्छ । तर एक झुप्पा अंगुरकै यति मंहगो मूल्य भने नयाँ रेकर्ड नै हो । पश्चिमी जापानको एउटा सुपरमार्केटका मालिकले ३० वटा दाना भएको एक गुच्छा अंगुरलाई यति धेरै पैसा तिरेको बिबिसीमा खबर छ ।

2

यो अंगुर जापानको इशिकावामा खेती गरिने सबैधन्दा मिठो जातको अंगुर हो । सुपरमार्केटका मालिक टाकामारुले त्यति मंहगोमा किनेको अंगुर नमूनाका रुपमा ग्राहकहरुलाई देखाउने र चाख्न दिने बताएका छन् । पुरानो मणि जत्तिकै महत्वूर्ण अंगुर किन्न पाएकोमा आफूलाई भाग्यमानी ठानेको ताकमारू कोनिसिले बताए ।

तपाईको प्रतिक्रिया