शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

अमेरिका – गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ क्षेत्रीय सम्मेलन अमेरिकाको न्युजर्सीमा गरिने भएको छ । nen

नेपालमा ग्लोबल सम्मेलन हुने र अर्को वर्ष क्षेत्रीय सम्मेलनको नाममा नेपालबाहिर ग्लोबल सम्मेलनका रूपमा गर्ने गरिएको छ । योभन्दा पहिलाको क्षेत्रीय सम्मेलन जापानमा गरिएको थियो । सम्मेलन सफलतापूर्वक सम्पन्न गर्नका लागि संयोजकमा सोनाम लामा, सह संयोजकमा एसी शेर्पा, डा केशव पौडेल र तुलसी सापकोटा तथा सदस्यहरूमा नवराज गुरुङ, रतनकुमार झा, खगेन्द्र जिसी, कृष्ण पोखरेल र तिलक श्रेष्ठ रहेको नौ सदस्यीय आयोजक समिति र अन्य २० कमिटीसमेत बनाइएको छ ।

अगस्त २७ र २८ मा हुने उक्त सम्मेलन ‘एनआरएनए भिजन ट्वेन्टी एण्ड वियोण्ड’ भन्ने नाराका साथ हुन गइरहेको सहसंयोजक तथा एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले बताउनुभयो । सन् २०१० मा टेक्सस राज्यको हिउज्टनमा क्षेत्रीय सम्मेलन गरेको संस्थाले अमेरिकी एनआरएन सशक्त भएर आएको हुँदा यसलाई महत्व दिनका लागि पुनः अमेरिकामा नै गर्न अवसर दिएको अध्यक्ष डा पौडेलले बताउनुभयो ।

संस्था स्थापना भएदेखि हालसम्म आउँदा नेपाल र प्रवासमा रहेका नेपालीको अवस्थामा समेत परिवर्तन आएको हुँदा नयाँ ढङ्गबाट एनआरएनएलाई लैजाने तयारी भइरहेको छ । विश्वभरका ७३ एनआरएनबाट प्रतिनिधित्व रहने सम्मेलनमा पाँच सयभन्दा बढी प्रतिनिधि आउने आयोजकले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया