शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

बेल्जियम – संयुक्त किराँत समाज बेल्जियमले नयाँ कार्यसमिति घोषणा सँगै नेपाली ‘किराँत उभौली चाड २०१६ साकेला’ कार्यक्रम भब्यरुपमा सम्पन्न गरेको छ । 1

यही ४ जुलाई का दिन बेल्जियमको आन्तवेरपेन सहरमा संयुक्त किराँत समाज बेल्जियमले नेपालबाट घुम्न आउनु भएका ताप्लेजुङ्ग निवासी जेष्ठ किराँती आमा खेतिमाया इधिङ्ग्गोबाट किराँती उभौली पूजाको द्धिप प्रज्वलन गरी साकेला २०१६ भब्यरुपमा सम्पन्न गरेको हो । कार्यक्रममा संस्थाको महाधिवेशनले छनौट गरेको संस्थाको नयाँ कार्यसमितिका पदाधिकारिहरुको घोषणा गरी नयाँ कार्यसमितिलाई कार्यभार हस्तान्तरण पनि गरियो ।

संस्थाको नयाँ कार्यसमितिमा बिमल सुब्बा अध्यक्ष, मणि राई एवैछा उपाध्यक्ष, कविता साउदेन उपाध्यक्ष, माकुना राई महासचिव, शोभा राई सचिव, भीम थेबे कोषाध्यक्ष र शेखर राई सह कोषाध्यक्ष रहनुभएको छ । यस्तै सदस्यहरूमा पुपुषा लिम्बु , केजिन राई , रेनुका राई , राकेश राई , देव याक्खा , योगेश राई , रुपा राई योङ्गहाङ्ग , रुपा लिम्बु , धनराज कन्दंगवा , पबित्रा लिम्बु , रोजी लिम्बु रहनुभएको छ । यस्तै निबर्तमान अध्यक्ष पदेन सदस्य रहनेगरि चयन गरिएको छ । unnamed

यस्तै संस्थाका सल्लाहकारहरुमा वेद देवान राई, बदन योङ्गहाङ्ग , पूर्ण लिम्बु , निरज राई , नगेन्द्र खजुम , कबिन्द्र लिम्बु , कर्ण लिम्बु , ज्ञान काङ्ग्बाङ्ग मनोनयन गरिएको छ । कार्यक्रममा ख्यातिप्राप्त नृत्य कलाकार गीता राईको धमाकेदार सुन्दर नृत्यहरुद्वारा पाहुना दर्शकबृन्दहरुलाई भरपुर मनोरञ्जन लिएका थिए ।

तपाईको प्रतिक्रिया