शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

अमेरिका – अमेरिकाले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले नेता किममाथि प्रतिबन्ध लगाएको यो पहिलो पटक हो ।

मानवअधिकार हनन् गरेको भन्दै अमेरिकाले किममाथि प्रतिबन्ध लगाएको हो । उत्तर कोरियामा हिंसाका लागि नेता किम प्रत्यक्ष संलग्न रहेको अमेरिकाले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

kim

अमेरिकाले नेता किमसहित उत्तर कोरियाका १० उच्च अधिकारीलाई पनि कालो सूचीमा राखेको छ ।उत्तर कोरियाले अमेरिकाको निर्णयका बारेमा अहिलेसम्म केही प्रतिक्रिया दिएको छैन । प्रतिबन्ध अनुसार अमेरिकामा रहेका उत्तर कोरियाका नेताको सम्पत्ति फ्रिज हुनेछ ।

यस्तै उनीहरुसँग व्यवसाय गर्ने अमेरिकी नागरिकको सम्मत्तिको सुरक्षण पनि गर्ने जनाएको छ । उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघसहित पश्चिमा राष्ट्रले यसअघि नै प्रतिबन्ध लगाएका छन् । उसको आणविक कार्यक्रमलाई लिएर प्रतिबन्ध लागेको हो ।

तपाईको प्रतिक्रिया