मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

ढाका – बंगलादेशमा इदको दिन पनि विस्फोट भएको छ । राजधानी ढाकाबाट एक सय किलोमिटर पर रहेको किशोरगञ्जमा बम विस्फोट भएको हो ।विस्फोटनमा परि एक जना प्रहरीको ज्यान गएको जनाइएको छ ।

ww

घटनामा अरु चार जना घाइते भएका छन् । किशोरगञ्जको एक विद्यालय बाहिर इदको विशेष नमाज भइरहेको स्थानमा विस्फोट भएको समाचार संस्था एएफपीले जनाएको छ ।
राजधानी ढाकामा गएको हप्ता इस्लामिक स्टेटले एक क्याफेमा आक्रमण गर्दा आक्रमणकारीसहित २८ जनाको ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया