बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

डोल्पा – डोल्पाको एक मात्र जिल्ला अस्पतालमा कर्मचारी नभएपछि एक्स–रे सेवा ठप्प भएको छ ।

एक्स–रे गर्ने कर्मचारी तालिममा जिल्लाबाहिर गएकाले दुई हप्तादेखि सेवा ठप्प भएको जिल्ला अस्पताल डोल्पाले जनाएको छ । कर्मचारी नभएपछि जिल्लाका विभिन्न गाउँबाट एक्स–रे का लागि अस्पताल पुगेका सेवाग्राही त्यसै फर्कने गरेका छन् ।X-ray_table-650x488

अस्पतालमा कर्मचारी नभएपछि एक्स–रेका लागि जिल्लाबाहिर जान थालेको त्रिपुराकोट रल्लीका सुकलाल नेपालीले बताउनुभयो । एक हप्ताभित्रै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एक्स–रे गर्ने स्वास्थ्यकर्मी बोलाएर सेवा सञ्चालन गरिने डाक्टर श्रीकान्त अग्रवालले बताउनुभयो ।

जुम्लाबाट आउने स्वास्थ्यकर्मीबाट डोल्पाका स्थानीय स्वास्थ्यकर्मीलाई तालिम दिन पठाएर सेवालाई दीर्घकालीन बनाइने समेत उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया