बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – नेपाललाई खोपमा आत्मनिर्भर बनाउन ‘खोप कोष’ लाई प्राथमिकतामा राख्न सुझाव दिइएको छ ।आज यहाँ स्वास्थ्य मन्त्रालय बालस्वास्थ्य महाशाखाद्वारा आयोजित राष्ट्रिय गोष्ठीका वक्ताले सबै जिल्ला खोप पूर्ण बनाउन खोप कोषको आवश्यक भएको औँल्याए ।

स्वास्थ्यमन्त्री रामजनम चौधरीले नेपालले खोप कार्यक्रममा प्राप्त गरेको उपलब्धि महत्वपूर्ण भएको बताउनुभयो । उहाँले महत्वपूर्ण उपलब्धिका लागि भूमिका खेल्ने स्वास्थ्यकर्मीको उचित मूल्याङ्कन गर्ने र उनीहरुलाई बाहिरी देशमा पनि उच्च तालिम र अनुभवका लागि पठाउने आश्वासन दिनुभयो ।

महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण समितिका सभापति रञ्जुकुमारी झाले खोप कोषलाई बढाउन विभिन्न विधामा खर्च हुने रकमबाट केही प्रतिशत कोषमा जम्मा गर्न सुझाव दिनुभयोे ।

स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा पदमबहादुर चन्दले सबै बालबालिकालाई खोपको पहुँचमा पु¥याइ खोप अभावमा हुने मृत्युदर कम गर्न खोप कार्यक्रम प्रभावकारी भएको उल्लेख गर्नुभयो ।

बाल स्वास्थ्य महाशाखाका निर्देशक डा राजेन्द्र पन्तले खोप व्यवस्थापनका लागि हरेक चरणमा विभिन्न निकायको उत्तिकै महत्व रहने भएकाले अन्तर्रा्ष्ट्रिय विमानस्थलका पदाधिकारीको भूमिका र व्यवस्थापनमा सहजीकरण आवश्यक छ भन्नुभयो ।

कार्यक्रमा १७ जिल्लालाई पूर्ण खोप सुनिश्चिता भएका जिल्ला घोषित गरियो । पाल्पा, नवलपरासी, अछाम, खर्घाखाँची, धनकुटा, म्याग्दी, गुल्मी, इलाम, बैतडी, इलाम, कञ्चनपुर, तनहँु, मुस्ताङ, डडेलधुरा, बझाङ, तेह्रथुम, प्यूठान र दोलखालाई पूर्ण खोपयुक्त जिल्ला घोषित गर्दै त्यहाँका खोप सुपरभाइजरलाई स्वास्थ्यमन्त्री चौधरीले प्रमाणपत्र वितरण गर्नुभयो ।

तपाईको प्रतिक्रिया