बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौँ – कास्की जिल्ला पुरुन्चौर गाविस वडा नं. १ निवासी क्यान्सर पीडित निमराज (निर्मल) बास्तोलालाई उपचारका लागि सहयोगको आग्रह गरिएको छ।IMG_7717

विगत छ महिनादेखि भरतपुर चितवनको बीपी मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराई रहनुभएका बास्तोलालाई ब्लड क्यान्सर भएको चिकित्सकहरुले बताएका छन् । हालसम्मको उपचारका लागि निमराजको जग्गा जमिन बिक्री भैसकेको छिमेकी दाजु विण्णु बास्तोलाले जानकारी दिनुभयो ।

आर्थिक अवस्था कमजोर भएपछि उपचारका लागि निमराजसँग आर्थिक रकम नभएकोले सहयोगका लागि आग्रह गरिएको हो । निमराजले आफ्नो जीवन रक्षाका लागि सहयोग गर्न श्रीमती गीता बास्तोलाको नाममा खोलीएको प्रभु बैंकको खाता नम्बर ०५४०१०००७७२४७७०००००१ मा आर्थिक रकम सहयोग स्वरूप जम्मा गरिदिन आग्रह गरेका छन् ।

यसैबिच सहयोगको अपिल विभिन्न ब्यक्तिहरुबाट सहयोग आउने क्रम जारी रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया