शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

इलाम – गर्भवतीले कुन कुन समयमा गर्भको परीक्षण गराउने, खोप लगाउने भन्ने लगायत सम्पूर्ण विषयमा अब मोबाइलबाटै जानकारी पाउने भएका छन् ।

मोबाइलबाट जानकारी पाउने मात्र होइन गर्भ जाँच गर्ने समय र सुत्केरी हुने मिति समेत मोबाइलबाटै थाहा पाइने भएको हो । जिल्लामा पहिलो पटक गर्भवतीका लागि घर घरमै मोबाइल सेवा पुर्‍याउने उद्देश्यले यहाँका २७ गाविसमा ‘मोबाइल हेल्थ’ कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयको सहकार्यमा करुणा फाउन्डेसन नेपालले यहाँका गाविसमा गर्भवतीका लागि सो सेवा सञ्चालन गरेको हो । शिशु र आमा दुवैको स्वास्थ्य राम्रो होस्, अपाङ्गता हुन नपाओस् भन्ने उद्देश्यले महिला स्वास्थ्य स्वयम्सेविकाबाट गर्भवतीको गर्भ दर्ता गर्न थालिएको हो ।

तपाईको प्रतिक्रिया