बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वेवसाइट www.ciaa.gov.np  ह्याक भएको छ ।  ट्युनिसियन साइबर रेसिस्टेन्स अल फलागा टिमले अख्तियारको साइटमा आफूहरुले ह्याक गरेको सूचना राखेको थियो ।

Ciaa site hack

जसमा इस्लाम नै मुख्य धर्म हो, बर्मामा मुस्लिमको हत्या बन्द गर भन्ने सन्देश राखिएको थियो । साइटको पुछारमा हत्याका विभत्स तस्बिरहरु स्कोर्ल गरिएको थियो । यसअघि पनि विभिन्न ह्याकर समूहले सरकारी वेवसाइटहरु ह्याक गर्ने गरेका थिए ।

अपडेट : ह्याक भएको साइट झण्डै एक घन्टापछि अख्तियारको साइट पूर्ववत रुपमा फर्किएको छ ।

तपाईको प्रतिक्रिया