बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

कहिलेकाही अचम्मका घटना सार्वजनिक हुने गरेको छ । बंगलादेशको मंडी जनजातिमा आमा र छोरीको एउटै पति हुने अनौठो व्यवस्था रहेको द गार्डियन पत्रिकाले जनाएको छ । गार्डियनका अनुसार ३० बर्षकी ओरोला डालबोटको बुबाको मृत्यु उनी सानी छँदा भएको थियो । उनको आमाले दोस्रो बिबाह गरिन् । दोस्रो बुबाको नाम नाटेन थियो ।

नाटेन डालबोटलाई अत्यन्त मन पर्ने बाबु थिए । उनी कहिले काही आफ्नी आमाले राम्रो पति पाएकोमा खुसी हुन्थिन् । ओरोली जव किशोरावस्थामा पुगिन् त उनले थाहा पाइन् कि उनको दोस्रो बाबु नै उनको श्रीमान् हुन् । यस्तो सुनेर उनी अचम्ममा परिन् । जसलाई बाबुको रुपमा हेरीएको थियो उनै सँग उनको बिबाह तीन बर्षको उमेरमा भइसकेको थियो ।यो त्यहाँको परम्परा नै हो ।

जुन महिलाको श्रीमान कम उमेरमा वित्दछन् र विधवा महिलालाई जसले स्विकार गर्दछन् उनको छोरी दोस्रो बाबुको श्रीमती बन्छे । तर विवाह गर्नेको उमेर भने विधवा श्रीमतीको भन्दा कम हुनु आवस्यक मानिन्छ । विधवाको बिबाह गर्दा उनको छोरीको पनि एउटै मण्डपमा एकै पुरुषसँग विबाह गर्ने प्रचलन उक्त गाँउमा रहेको खबर डवलीमा समाचार छ । परम्परा अनुसार कम उमेरका पति नयाँ पत्नि र उनको छोरीको पति बनेर दुबैको सुरक्षा गर्न सक्ने छन् । ओरोला र उनको आमा एउटै पतिका साथ बसेका छन् र उनीहरुको सन्वन्धमा समेत कुनै समस्या छैन ।

तपाईको प्रतिक्रिया