शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

पथरीबाट जोगाउँछ
मुलामा क्षार बढी मात्रामा पाइन्छ, जसले किड्नीमा रहेको पत्थरीलाई गलाएर यसलाई शरीरबाहिर निकालिदिन्छ । यसका लागि पात सहितको मुलालाई पिसेर एक ग्लास रस निकाल्ने, त्यसमा एउटा कागतीको रस, एउटा चिया चम्चाको चार भाग मरिच मिसाएर दिनहुँ बिहान पिउने । त्यसबाहेक मुलाको सलाद, मुलाको तरकारी पनि मिलेसम्म खाने । यसो गरेमा किड्नीमा रहेको पथरी गलेर निस्किने सम्भावना रहन्छ ।

पिसाब खुलाउँछ
किड्नीको समस्या, कब्जियतलगायत कारणले गर्दा पिसाब बन्द हुन सक्छ । यस्तो भएमा मुलाको बिउ आधा चम्चालाई पिसेर ग्लासमा हाली त्यसमा पानी र एकचौथाई कप मुलाको रस मिसाइ दिनमा तीनपटक पिउने गर्नाले पिसाब खुल्छ र पिसाब पोल्ने समस्या पनि कम हुन्छ । यसका लागि हरेक दुई घण्टामा मुलाको रस आधा कप पिउनु पनि उपयुक्त हुन्छ ।

प्रोस्ट्रेटबाट जोगाउँछ
दुई कप मुलाको रसमा तीन चम्चा मह मिलाएर बिहान पिउने गर्नाले प्रोस्ट्रेट ग्रन्थी सुनिने र यसका कारण पिसाब रोकिने समस्या कम हुन्छ ।

जन्डिसबाट जोगाउँछ
मुलाको पातको रस ५० ग्राममा मिस्री १० ग्राम मिसाएर बिहान पिउने गर्नाले सबैखालका जन्डिस कम हुन्छ ।

पेट स्वस्थ राख्छ
पेटसम्बन्धी समस्या भएमा मुलाको तरकारी र सलाद खाने गर्नुपर्छ । खानासँग मुलाको सलाद खानाले पेटको समस्या कम हुन्छ । यदि मुला खाँदा सास गनाउँछजस्तो लाग्यो भने मुला खाएपछि गुड खानाले सास गनाउन कम हुन्छ ।

तपाईको प्रतिक्रिया