शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

hand-holding-pen (1)सन् २००६ को जुनदेखि देश तथा विदेशमा रहनुभएका नेपालीहरुका लागि लक्षित गरी सूचनाको सेवामा निरन्तर समर्पित रही समाचार, मनोरञ्जनजन्य र ज्ञानबर्धक सामाग्री पस्कदै आएको समुद्रपारि डट कम भोलि जुलाई १ तारिखदेखि नयाँ स्वरुपमा आउन लागेको ब्यहोरा सहर्ष जानाकारी गराउन चाहान्छौं । सूचना र प्रविधिको बढ्दो उपयोगसंगै परिवर्तित समयको माग र तपाई पाठकहरुको चाहनाअनुसार परिष्कृत हुँदै जाने सन्दर्भमा समुद्रपारि नयाँ स्वरुपमा आउन लागेको हो ।

तारा बिनाको आकाश र पानी बिनाको समुद्रजस्तै डायस्पोरिक पत्रकारिताको असाध्यै कठिन यात्रामा आजको अवस्थासम्म आईपुग्न यहाँहरुको न्यानो माया, सहयोग, समर्थन र सुझाव बिना संभव थिएन । आजको दिनसम्म आईपुग्दा कुनै न कुनैरुपले सहकार्य गर्ने, समाचार तथा अन्य सामाग्री र बिज्ञापन उपलब्ध गराएर सहयोग गर्ने, सुझाव तथा सल्लाह दिएर सँधै अगाडि बढ्न प्रेरित गर्ने हाम्रा लाखौं पाठक तथा शुभचिन्तकहरुप्रति यस घडिमा धन्यबाद ज्ञापन गर्न चाहान्छौं ।

सामाजिक उत्तरदायित्वको सवालमा होस् या आवाजबिहिन तथा असहायहरुको आवाज बन्ने सवालमा होस् जसरी सुरुवाती चरणदेखिनै निर्भिक भएर आईरहेका छौं त्यसरी नै अझ थप जिम्मेवार भएर अगाडि बढ्ने प्रण गर्दछौं । नयाँ स्वरुपसंगै केही थप स्तम्भहरु मार्फत पाठकहरुको बढ्दो रुचीलाई पनि सम्बोधन गर्ने जमर्को गरेका छौं । यद्यपि यस अविरल यात्रामा यहाँहरुको साथ र समर्थन अनि सुझाव तथा प्रतिक्रियाको भने सँधै अपेक्षा गरिरहने छौं । ***

तपाईको प्रतिक्रिया