बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – फेसबुकले अब कमेन्टमा पनि भिडियो पोष्ट गर्न मिल्ने बनाएको छ । यसअघि कमेन्टमा लेख्न तथा तस्बिर पोष्ट गर्ने व्यवस्था थियो । तर अब कमेन्टमा पनि भिडियो पोष्ट गर्न सकिने छ । फेसबुकले केहि दिनअघिदेखि लाइभ भिडियो पोष्ट गर्ने सुविधा थप गरेको थियो ।

डेक्सटपका साथै आइओएस र एन्ड्रोइड प्रयोगकर्ताले भिडियो कमेन्ट गर्न सक्नेछन् । पहिलै रेकर्ड गरिएको भिडियो वा लाइभ भिडियो पनि कमेन्टमा पोष्ट गर्न सकिने छ ।
मोबाइलबाट भिडियो कमेन्ट गर्नका लागि कमेन्ट बटममा क्लिक गरेपछि सँगैको क्यामेरा अप्सनमा क्लिक गर्नुपर्ने छ ।

त्यसपछि मोबाइलको क्यामेरासँगै पहिला नै लिइएका तस्बिर भिडियो पनि देखिने छ । पहिला नै खिचेर डिभाइसमा राखेको भिडियो सेलेक्ट गरेर त्यसलाई कमेन्टमा अपलोड गर्न सकिने छ ।

तपाईंले तत्कालै भिडियो खिचेर पनि कमेन्टमा पोष्ट गर्न सक्नु हुने छ । त्यसका लागि क्यामेरामा क्लिक गरिसकेपछि भिडियो सेलेक्ट गरेर आवश्यक भिडियो खिचेर त्यसलाई फेसबुक कमेन्टमा अपलोड गर्न सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया