शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

अमेरिका – अमेरिकामा भैरहेको राष्ट्रपतिको चुनावलाई लिएर डेमोक्रेटिक तर्फका उमेद्धवार हिलारी क्लिटनले उनको प्रतिद्धन्द्धी रिपब्लिकनका डोलाल्ड ट्रम्प राष्ट्रपतिका लागि योग्य नभएको बताउनुभएको छ  । सिएनएनसँगको अन्तर्वातामा कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले ट्रम्प खतरनाक रहेको बताउदै भन्नुभयो ‘अहिलेको उहाँको व्यवहारले यो देखाउँछकी उहाँ राष्ट्रपतिका योग्य छैनन्’ । उहाँले राष्ट्रपतिको चुनावलाई उदृत गर्दै भन्नुभएको छ ‘मलाई थाहा छ, यो कति गाह्रो काम हो । मलाई यो पनि थाहा छ, चुनाव जित्नका लागि कतिको बलियो र योग्य हुनुपर्छ । र मलाई यो पनि प्रष्ट्र थाहा छ ट्रम्प राष्ट्रपतिका लागि योग्य छैनन् ।’
यसरी आफू चुनाव जित्ने दाबी क्लिनटनले गर्नुभएको छ । अमेरिकामा अहिले राष्ट्रपतिका लागि चुनवा भैरहेको छ ।

तपाईको प्रतिक्रिया