शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

साउथ – कोरियाको याङ्नाम युनिभर्सिटी थेगु शहरमा कवि रामेश सायन एकल बाचन र कलाकार बाबु साइलाको  कला प्रदर्शनी हुने भएको छ । नेपाली साहित्य समाज कोरियाले मे १५ तारेखका दिन एकल कला र कविता वाचन गर्ने भएका हुन् ।
बिगत एक दशक देखि नेपाली कविता कर्ममा निरन्तर लागेका कवि रमेश सायन युवा पुस्ताका चर्चित कवि हुनुहुन्छ । उहाँको दुई वर्ष अघि प्रकाशित पहिलो कविता संग्र्रह ‘भागेर भूगोलभरि’ सार्वजनिक भएको छ । ‘भागेर भूगोलभरि’ले २०७० सालको ‘साहित्य परिवार पुरस्कार’ समेत प्राप्त गरेको थियो । ‘साताको साहित्य वर्ष पुरस्कार’बाट समेत सम्मानित कवि सायनले बिहान १० बजेदेखि करिब दुई दर्जन कविता वाचन गर्ने कार्यक्रम रहेको आयोजक नेसासकी अध्यक्षय कल्पना राई बताउनुभयो ।
त्यस्तै लामो समय देखि आफ्नो कला क्यानभासमा रङ र कुचीले प्रस्तुत गरीरहेका कलाकार बाबु साईँलाले पनि कवि सायनको एकल वाचन लगत्तै आफ्नो एकल कला प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ । उहाँले यसअघि पनि कोरियाका बिभिन्न सहरमा आफ्नो एकल कला प्रदर्शनी गरी सक्नुभएको छ ।
कार्यक्रममा कविता, गीत, गजल, मुक्तक आदि दिल खोलेर सुन्न, सुनाउन सकिने आयोजकले जनाएका छन् ।

तपाईको प्रतिक्रिया