शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

चीन – चीनको फुजीआन प्रान्तमा आइतबारदेखि गएको पहिरोमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ३५ पुगेको छ ।

सो पहिरो अझै पनि एक व्यक्ति वेपक्ता भएका छन् । ताइनिङ्ग जिल्लाका अधिकारीहरुले मङ्गलबार यस हताहतीको पुष्टि गरेका छन् । स्थानीय समयाअनुसार गत आइतबार विहान ५ बजेबाट सो पहिरो जान सुरु भएको र करिब १ लाख घन मिटर ढुङ्गा र माटो पहिरोमा बगेको बताइएको छ । पहिरो प्रभावित उक्त स्थानमा उद्धारकार्य जारी रहेको बताइएको छ ।

यसैबीच प्राप्त एक अर्को समाचार अनुसार दक्षिण चीनको गुआङ्गसी जुआङ्ग क्षेत्रमा भारी बर्षापछि गएको पहिरोमा परी चार बेपत्ता भएका स्थानीय अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

यस पहिरो प्रभावित क्षेत्रमा उद्धारकार्य जारी रहेको बताइएको छ । गुआङ्गसीमा गत आइतबारदेखि नै भारी बर्षाले सतारहेको बताइएको छ । यद्यपी नागरिक मामिला विभागले भने यस पहिरोमा परी दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य एक घाइते भएको पुष्टि गरेको छ ।

यस पहिरोमा परी ३ लाख ५ हजार २ सय घरपरिवार प्रभावित भएको पनि सो विभागले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया