बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

किलागी – रुवान्डाको उत्तरी भूभागमा अवस्थित गाकेन्का जिल्लामा मसुलधारे पानी पछि गएको पहिरोमा परी आइतबार कम्तीमा २० जनाको मृत्यु भएको छ ।

अहिलेसम्म उद्धार टोलीले २० जनाको मृत शरीर उद्धार गरेको छ भने पहिरोमा अन्य केही परेको हुनसक्ने संभावना भएकोले उद्धार जारी रहेको रुवान्डेली एक मन्त्रालयका प्रवक्ता फेडरिक टाओकुरियाओले बताउनुभयो ।

मृतकमध्ये धेरै बालबालिका रहेको बताइए पनि एकिन सङ्ख्या भने मन्त्रालयले उल्लेख गरेको छैन ।

आइतबार रुवान्डाले ठूलो विपत्तीको सामना गरेको बताउँदै उहाँले भन्नुभयो, सरकार, गैरसरकारी सङ्घसंस्था तथा स्थानीयले उक्त क्षेत्रमा विपद्मा परेका मानिसलाई उद्धार गरिरहेको छन् ।

तपाईको प्रतिक्रिया