शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच स्थापित गराउन ‘हाम्रो डक्टर डटकम अनलाइन र मोबाइल एप्स’को सार्वजनिक गरिएको छ ।
उत्कृष्ट मिडिया क्रियशनद्वारा आज सञ्चालनमा ल्याइएको सो अनलाइन तथा एप्सको सूचना तथा सञ्चारमन्त्री शेरधन राईले आज सार्वजनिक गर्नुभएको हो । सञ्चारमन्त्री राईले संविधान निर्माणपछि सूचनाको विकासलाई अधिकतम प्रयोग गरी आर्थिक विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “पारदर्शीता, जवाफदेहिता र सुशासनको बारेमा सबैलाई ध्यान आकृष्ट भएको बेला यो अनलाइन र एप्स उपयोगी हुने छ ।
उहाँले सूचनाको पहुँच आम नागरीकसमक्ष अझै पुग्न नसकेको स्वीकार गर्दे यसको गुणस्तरमा सुधार ल्याउन सञ्चार मन्त्रालय लागिपरेको उल्लेख गर्नुभयो । सञ्चारमन्त्री राईले नेपालको अनलाइन मिडियामा ठूलो विकृति देखा परेको भन्दै मन्त्रालयले यस्ता विकृति रोक्न अनलाइन निर्देशिका बनाउन लागेको बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयका सहसचिव डा गुणराज लोेहनीले महत्वपूर्ण समयमा यो एप्स सार्वजनिक भएको बताउनुभयो । उहाँले विपद्को बेला यो एप्सले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अञ्जनीकुमार झाले नेपालको स्वास्थ्य क्षेत्रको विकासलाई अगाडि लैजान यो एप्सले ठूलो भूमिका खेल्ने धारणा राख्नु भयो ।

तपाईको प्रतिक्रिया