मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

विभिन्न राज्य समिति तथा विभागहरु गठन
लण्डन– नेपाली संघीय समाज युकेको प्रथम बैठक सम्पन्न भएको छ । बैठकले विभिन्न राज्य समिति र विभाग गठन गरेको छ ।

नर्थहोल, लण्डनको चौतारी रेष्टुरेष्टमा भएको बैठकमा प्रथम महाधिवेशनको समिक्षाबाट भएको थियो । बैठकले समितिलाई पूर्णता दिनुको साथै विभिन्न विभाग तथा राज्य समितिहरु गठन गरेको छ ।

उपाध्यक्ष जंग सुनुवारले महाधिवेशनको समीक्षा गरेलगत्तै उठेका प्रश्नहरुको उत्तर पूर्व अध्यक्ष भगवान चाम्लिङ र पूर्व महासचिव प्रेमकुमार राईले दिए ।

बैठकमा निवर्तमान अध्यक्ष र महासचिवले नवनिर्वाचित अध्यक्ष र महासचिवलाई सम्पूर्ण डकुमेन्टसहित जिम्मेवारी हस्तान्तरण गरे । अघिल्लो कार्यसमितिलाई हार्दिक आभारसहित अध्यक्ष तामाङ र नवनिर्वाचित महासचिव विश्वासहाँङ खेवाहाँङले विदाई गरे ।

बैठकले केन्द्रीय समितिमा जंग बहादुर सुनुवारलाई बरिष्ठ उपाध्यक्ष, मेजर योगस राईलाई उपाध्यक्ष, नरेशमणि काङमाङलाई पार्टी प्रवक्ता र ईश्वर चाम्लिङलाई सचिवमा पदोन्नती गरेको छ । त्यस्तैगरि रत्न थापामगर, टिकाधन राई, मान राई र राज राईलाई केन्द्रीय समिति सदस्यमा चयन गरिएको छ ।

तमु धिँ युकेका केन्द्रीय अध्यक्ष कमल गुरुङलाई पार्टीको झण्डा र खादा दिएर अध्यक्ष तामाङले पार्टीमा औपचारिक स्वागत गरे ।

संघीय समाजवादी पार्टी, नेपालको विभिन्न जातीय मोर्चाहरु युकेमा पनि विस्तार शुभारम्भ गरिएको छ । जसमध्ये ताम्सालिङ प्रदेश समिति युके संयोजकमा दावा स्याङ्बो, सहसंयोजकमा सुशीला वाइवा, किरात खम्बुवान प्रदेश समिति युके संयोजक भानुभक्त राई, तमुवान प्रदेश समिति युके संयोजकमा कमल गुरुङलाई चयन गरेको छ ।

पार्टीको भातृसंगठन संघीय साँस्कृतिक महासंघ युकेको संयोजकमा गायक किसन राई र सहसयोजकमा प्रकाश राई प्राणलाई चयन गरिएको छ ।

पार्टीको विभिन्न विभागहरु पनि निर्माण गरिएको छ । जसअनुसार पार्टी प्रशिक्षण विभाग संयोजक भगवान चाम्लिङ, सहसंयोजक प्रेमकुमार राई । पार्टी आर्थिक विभाग संयोजक जंग सुनुवार र सहसंयोजकमा विमला राई । पार्टी अनुशासन विभाग संयोजक राजेन्द्र खिम्दिङ र सहसंयोजक कमल गुरुङ ।

संघीय युवा संघ युके संयोजक मिलन राई र सम्पर्क सहयोगी वालकृष्ण राई । पार्टी संगठन विभाग संयोजक विश्वासहाँङ खेवाहाँङ र कमल प्रसाद राई । पार्टी प्रचारप्रसार विभाग संयोजक देव गुरुङ र सहसंयोजकमा जानुका राई ।

समाजवादी महिला संघ युकेका संयोजक बसुन्धरा याख्खा राई चयन भएकी छन् भने अध्यक्ष, महासचिव र उपमहासचिव रहेको सचिवालय गठन गरेको छ । समिति तथा विभागहरुले आगामी ६ महिना भित्र न्यूनतम आवश्यक कार्य गर्न नसकेको अवस्था सम्पूर्ण अधिकार केन्द्र समितिले लिनसक्ने समेत निर्णय गरियो ।

बैठकले सल्लाहकार समितिमा पूर्व अध्यक्ष तथा केन्द्रीय समितिमा सिफारिस गरिएका भगवान चाम्लिङ, पूर्व महासचिव प्रेमकुमार राई, सिरी प्रसाद लिम्बु, कमल गुरुङ, भक्त बहादुर गुरुङ, मेजर भूपजित राई, कृष्ण बहादुर राई, क्षेत्रकला राई, जीबन राई, खगेन्द्र याख्खा, तारा बहादुर गुरुङ, दिलिप महासेठलाई चयन गरयो भने बुद्धिजीबि समितिमा बि. के. पाण्डे, एकेन्द्र गुरुङ, केदार सुनुवार, रमेश घिमिरे र शिवधन राईलाई चयन गरेको छ ।

पार्टीले आउँदो मंसिर ७ तदनुसार २३ नोभेम्बरका दिन लण्डनमा पार्टी स्थापना दिवस साथै लण्डन शाखा समितिको महाधिवेशन गर्ने समेत निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया